search

spot_img
spot_img

विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको चार अर्ब विद्युत् बक्यौता

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ वैशाख ।
नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको हालसम्म करीब रु चार अर्ब विद्युत् महसूल बक्यौता देखिएको छ । नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका लेखापाल सरोज घिमिरेले हालसम्म तीन अर्ब ९० करोड १६ लाख ९३ हजार महसूलबापत बक्यौता रहेको बताए ।
उनले सबैभन्दा बढी औद्योगिक क्षेत्रमा दुई अर्ब ६६ करोड ६२ लाख बक्यौता रहेको जानकारी गराए । यसैगरी, सडकबत्तीबापत २४ करोड २५ लाख, व्यापारिक पसलहरूबाट पाँच करोड ५७ लाख, होटलहरूबाट दुई करोड १७ लाख ७२ हजार, शहर तथा ग्रामीण क्षेत्रमा ३० एम्पियरसम्मको विद्युत् उपभोगकर्ताबाट ५६ करोड ३६ लाख बक्यौता रहेको लेखापाल घिमिरेले बताए ।
यसैगरी, सरकारी कार्यालयहरूको २६ करोड ९२ लाख, सिंचाइ (कृषि) मिटरबापत १५ लाख चार हजार, चलचित्र घरहरूका १२ लाख ४३ हजार, खानेपानी संस्थानको १३ लाख ९३ हजार, यातायात कार्यालयको ११ लाख ८० हजार, धार्मिक मठमन्दिर, मस्जिदका १४ लाख ६५ हजार विद्युत् महसूल बक्यौता रहेको बताए ।
वितरण केन्द्र प्रमुख अवधेश दुबेले बक्यौता असुली भइरहेको बताएका छन् । उनले करीब चार अर्ब बक्यौता देखिएको र सो असुली कार्य भइरहेको जानकारी गराए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads