search

spot_img
spot_img

भारत र पाकिस्तान सैन्य शक्तिबारे चर्चा

पढ्न छुटाउनुभयो ?

काठमाडौं २४ वैशाख । भारतको पहलगाम आक्रमणको १५ दिन पछि पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका आतङ्कवादी अडडाहरूमा भारतले हवाई हमला गरेसँगै दुर्ई देशको सैन्य शक्तिवारे चर्चा शुरू भएको छ ।

ग्लोबल फायर पावरका अनुसार सन् २०२५ को सैन्य शक्तिको वरीयतामा भारत र पाकिस्तानबिच आठ स्थानको अन्तर छ। सन् २०२५ मा विश्वव्यापी सैन्य शक्तिको हिसाबले भारत १४५ देशहरूमध्ये चौथो स्थानमा हुनेछ भने पाकिस्तान १२औँ स्थानमा हुनेछ।

भारतीय सेनासँग लगभग २२ लाख सैनिक, ४,२०१ ट्याङ्क, झन्डै १.५ लाख बख्तरबन्द सवारी साधन, १०० सेल्फ प्रोपेल्ड आर्टिलरी र ३,९७५ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी छन। यसबाहेक, मल्टी ब्यारल रकेट आर्टिलरीहरूको संख्या २६४ छ।

भारतीय वायुसेनासँग ३ लाख १० हजार सैनिक एवं ५१३ लडाकु विमान र २७० पारवहनमा प्रयोग हुने विमानसहित कुल २,२२९ वटा विमान छन। कुल विमानहरूमा १३० वटा हमलाकारी, ३५१ वटा प्रशिक्षणमा प्रयोग हुने विमान र छवटा ट्याङ्कर फ्लीट विमानहरू छन।

भारतीय सेनाका तीनवटै अङ्गसँग गरेर कुल ८९९ हेलिकप्टर छन। तीमध्ये ८० वटा हमलाकारी हेलिकप्टर छन।

भारतीय नौसेनामा १.४२ लाख नौसैनिक र दुर्ई विमानवाहक युद्धपोत, १३ डिस्ट्रोअर, १४ फ्रिगेट्स, १८ पनडुब्बी र १८ कार्भेटसहित कुल २९३ वटा जहाजहरू छन।

त्यसबाहेक भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह र ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे सञ्जाल छ।

ग्लोबल फायर पावरका अनुसार पाकिस्तानी सेनामा झन्डै १३.११ लाख सैनिक, १।२४ लाख नौसैनिक र ७८ हजार वायुसेना छन।
पाकिस्तानसँग ३२८ लडाकु विमान, ९० आक्रामक प्रकारका, ६४ यातायात विमान, ५६५ ट्रेनर, ४ ट्याङ्कर फ्लीट र ५७ लडाकु हेलिकप्टरका साथ ३७३ हेलिकप्टर सहित कुल १,३९९ विमानहरू छन।

यसमा २,६२७ ट्याङ्क, ६६२ सेल्फ प्रोपेल्ड आर्टिलरी, २६२९ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी र ६०० मल्टी ब्यारल रकेट छन।
पाकिस्तानी नौसेनासँग नौवटा फ्रिगेट, नौवटा कर्भेट, आठवटा पनडुब्बी र ६९ गस्ती जहाज छन।

अन्य क्षमताका हिसाबले पाकिस्तानसँग तीन बन्दरगाह, ११६ विमानस्थल र ६० व्यापारिक समुद्री जहाजहरू छन। यसबाहेक उसको २ लाख ६४ हजार किलोमिटर सडक र ११.९ हजार किलोमिटर रेलवे सञ्जाल छ। बीबीसीको सहयोगमा

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads