वीरगंज, २४ वैशाख । नेपाली उद्योग तथा संगठनहरूलाई मानव संसाधन सेवाको माध्यमबाट सशक्त बनाउनका लागि लिडरसीप डेभलपमेन्ट इन्स्टिच्युट अफ नेपाल (एलडीआई) नेपाल, वीरगंजको गत शुक्रवार उदघाटन गरिएको छ ।
एलडीआई नेपालका प्रमुख कार्यकारी अधिकृत तथा मानव संसाधन परामर्शदाता अनिल जयसवालले संस्थाको उद्देश्य प्रस्तुत गर्दै एलडीआई नेपालको स्थापना उद्योग तथा संगठनहरूलाई दक्ष मानव संसाधन सेवा प्रदान गरेर सशक्त बनाउने लक्ष्यका साथ गरिएको बताए ।
सो संस्थाले उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा नियुक्त गर्ने उद्देश्यमा सहयोग पुर्याउने गरी भर्ना, हेड हन्टिङ, तालिम, अन्तरवार्ता तथा स्क्रिनिङ सहयोग लगायतका सेवा प्रदान गर्ने उनले बताए । एलडीआई नेपालद्वारा प्रदान गरिने प्रमुख सेवाहरूमा भर्ना तथा आउटसोर्सिङ, नेतृत्व विकास कार्यक्रम, व्यवसाय परामर्श, श्रम तथा मानव संसाधन अडिट, व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य लगायतका सेवा समावेश रहेको जयसवालले बताए । यी सेवा नेपालभरका उत्पादन, सेवा, कर्पाेरेट, ट्रेडिङजस्ता विभिन्न उद्योगहरूका आवश्यकता अनुसार उपलब्ध गराउन एलडीआई नेपालको टोली अनुभवी तथा दक्ष विशेषज्ञहरूसँग सुसज्जित रहेको उनले जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, विशेष अतिथि पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रा, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनाल, वीरगंज उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष अनिल कुमार अग्रवाल, वीरगंज उद्योग वाणिज्य संघ पुर्व अध्यक्ष गोपाल केडिया, वीरगंज उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष माधव राजपाल, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, जीतपुर सिमरा उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष सजय साह, एपेक्स फर्मास्युटिकल्स म्यानेजिङ डाइरेक्टर विनय काबरा, वरिष्ठ पत्रकार तथा समाजसेवी जगदीश प्रसाद शर्मा, मधेश विश्वविद्यालय डिन डा.अञ्जय मिश्र, हेटौंडाका व्यवसायीहरू धिरज कार्की, प्रकाश ढकाल, रामप्रसाद शर्मा, शालीमार समूहका निर्देशक हेमन्त बैद, लिओ बारा ग्याँस उद्योगका निर्देशक निर्मल खत्री, उत्कर्स नेपालका अध्यक्ष रितु राज, वीरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाई, नेपाल भारत चेम्बर अफ कमर्स वीरगंजका अध्यक्ष अभिषेक चौधरी साथै, विभिन्न क्षेत्रका उद्योगपति, बैंकर्स, वरिष्ठ व्यवसायिक व्यक्ततिŒवहरू, समाजसेवी तथा युवा बेक्तित्वहरू कार्यक्रममा सहभागीता जनाउँदै (एलडीआई) नेपाललाई महŒवपूर्ण सुझाव र समर्थन प्रदान गरेका थिए ।
मधेश प्रदेशमा मानव संसाधन व्यवस्थापन तथा नेतृत्व विकासमा नयाँ अध्यायको शुरूवात गर्न कार्यालयको उदघाटन गरिएको र यसले नेपालको औद्योगिक तथा व्यवसायिक विकासलाई थप सशक्त बनाउने कार्यक्रममा जानकारी गराइएको थियो ।