वीरगज,३० बैशाख ।
वीरगंज–३० लालपर्साका जनप्रतिनिधि र कर्मचारीहरु सेवा ठप्प पारी भ्रमण आवलोकनमा गएको गाउँलेले गुनासो गरेका छन् । गाउँलेले गत आईतवारदेखि वडा कार्यालय,विद्यालय र स्वास्थ्य चौकीको समेत सेवा ठप्प पारी अधिकांश जनप्रतिनिधि र कर्मचारी भ्मणमा गएको बताएका छन् । सोमवार विदा भए तापनि आईतवार र मंगलबार सेवा प्रभावित हुदाँ सेवाग्रही मर्कामा परेको बताएका छन् ।
उनीहरुले कानुन विपरित काम गरेको गाउँलेको आरोप छ । सेवा आंिशकि रुपमा पनि चलाएर दुई भागमा कार्यक्रम राख्दा पनि हुने तर अधिकांश कर्मचारी र जनप्रतिनिधि जाँद ा दुई दिन सेवा प्रभावित हुदा जनताको काम हुन नसकेको सेवाग्रहीको भनाई छ । यस विषयमा वीरगंज–३० लालपर्साका वडा अध्यष मनोजकुमार यादवले वडा स्तरीय भ्रमण अवलोकन कार्यक्रममा आफुहरु बुटवल आएको बताए ।
उनले भ्रमण अवलोकनमा रु डेढ लाख छुटयाएको र सोही कार्यक्रम अन्तर्गत जनप्रतिनिधि र कर्मचारी गरी कुल २७ जना आएको जानकारी गराउँदै बुधवार देखि सबै सेवा सुचारु हुने जनाए । नेपालकै नमुना सरकारी स्कूल अर्थात बुटवलको श्री कालिका मानव विज्ञान मावि स्कूलको अनुगमनले आफुहरुले धैरै कुरा अवगत भएको उनले बताए । विद्यालयको अनुगमनको लागि विद्यालय चलेको दिन नै कार्यक्रममा आउनु परेकोले यस्तो असर पर्न गएकोमा सेवाग्राही प्रति खेद प्रकट गरेका छन् । विस २०१८ सालमा स्थापित सो वि द्यालयमा हाल कुल साढे ८ हजार विद्यार्थी अध्ययनरत छन्,भर्ना हुन पहुचको आवश्यकता पर्छ । तर विस २०१९ सालमा स्थापित वीरगंजको लालपर्सा स्कूल,निमाविबाट भर्खरै मावि स्कूलमा परिणत भएको छ । तसर्थ केके गर्दा आफनो स्कूललाई राम्रो गर्न आवलोकनको लागि आफुहरु आएको उनको स्पष्टीकरण छ ।