महिला सामुदायिक स्वयम सेवीकाहरूलाई प्रोत्साहन स्वरुप मोबाईल प्रदान

प्रस,वीरगंज,३१ वैशाख

शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र नगवा १६ले वडामा कार्यरत महिला सामुदायिक स्वयम सेवीकाहरूलाई एक एक थान मोबाईल सेट प्रोत्साहन  स्वरुप प्रदान गरेको छ । स्वास्थ्य प्रबद्र्धन केन्द्रका प्रमुख अरुण यादवको पहलमा उपलब्ध भएका मोबाईलहरु वीरगञ्ज महानगरपालिका वडा नं. १६का वडाअध्यक्ष पर्शुराम चौरसियाले बुधबार हस्तान्तरण गर्नु भयो । स्वयम् सेवीकाहरू निकै कम ज्यालामा काम गर्ने गरेकोले प्रोत्साहनका लागि मोबाईल बितरण गरिएको केन्द्रका प्रमुख यादवको भनाई छ ।

 

मोबाईल प्राप्त गर्नेमा महिला सामुदायिक स्वयम् सेवीकाहरू सरिता देवी कर्ण,निलम साह, अनिता कुमारी,रिङक्की कुमारी,कल्पना बिष्ट रहेका छन । वडाका विभिन्न टोलहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम सेवीकाहरू निरनतर सक्रिय रहने भएकोले उनीहरु सग सहकाय गर्न सजिलो हुने केन्द्रका प्रमुख यादवले बिश्वास लिएका छ्न ।

सम्बन्धित पोस्टहरुः