वीरगज, ३१ बैशाख ।
भूमि समस्या समाधान आयोग पर्सा आज समीक्षा बैठक सम्पन्न भएको छ । समिक्षा बैठकमा आयोगले पर्सागढी क्षेत्रमा नापजाँचका लागि खटाइएका सर्भेक्षक, अमिन तथा अन्य प्राविधिक कर्मचारीहरूको एक महिनाको कार्यको मल्याङ्कन प्रस्तुत गरिएको थियो ।
बैठकमा पर्सागढी नगरपालिका क्षेत्रका विभिन्न वडाहरूमा गरिएको नापजाँच, तथ्यांक संकलन र अभिलेख व्यवस्थापन प्रक्रियाबारे विस्तृत छलफल भएको छ । समिक्षामा बैठकमा प्रगति सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै, तत्काल आवश्यक सुधारका उपायहरूबारे निर्णय लिइएको छ ।
बैठकले सरोकारवाला सबै पक्षहरूको सहकार्य बिना समस्या समाधान नहुने सरोकारवाला तथा पदाधिकारीहरूको सहभागितामा यथासिघ्र संयुक्त बैठक आयोजना गर्नु पर्ने आवश्उक्त रहेको बताईएको छ । कार्यत्रममा पर्सागढी नगरपालिकाका नगर प्रमुख,उप–प्रमुख,प्रमुख प्रशासकीय अधिकृत,जिल्ला भूमि समस्या समाधान आयोगका अध्यक्ष तवरेज आलम वडा ९, २ र १ का वडा अध्यक्षहरू,सम्बन्धित वडा सचिवहरू उपस्तिथी रहेको थियो । बैठकमा देखिएका समस्याहरूमा अभिलेख अभाव, नापजाँचमा ढिलाइ, स्थानीय तहसँग समन्वयको कर्मीलागायतको सहभागिता थियो ।