search

spot_img
spot_img

प्रहरीलाई तनाव व्यवस्थापन कम गर्नेबारे तालीम

पढ्न छुटाउनुभयो ?

पर्सा,१ जेठ/ प्रहरी जवान तथा अधिकृतलाई लक्षित गरेर पर्सामा तनाव व्यवस्थापन तालिम सञ्चालन गरिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा बिहीवार यहाँ तनाव व्यवस्थापन तालिम आयोजना गरिएको हो । सो अवसरमा वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत प्रहरी निरीक्षक निरोज चौलागाईले सुरक्षा निकायमा कार्यरत रहने प्रहरीहरूको व्यस्त कार्यशैली र दौडधुप धेरै हुने भएकाले पनि तनाव व्यवस्थापन कम गर्न तालिम गरिएको बताउनुभयो । ‘‘प्रहरीको जागिरको शिलशिलामा विहान उठ्ने बित्तिकै राति नसुतिन्जेलसम्म विभिन्न प्रकारका तनावको सामना गर्नुपर्ने भएकाले पनि तनाव व्यवस्थापनको विषय निकै अपरिहार्य जस्तै भइसकेको छ,’’ उहाँले भन्नुभयो,‘‘एउटा प्रहरीले राष्ट्रको सेवा, घरपरिवार र सेवाग्राहीलाई उच्च आचरणयुक्त व्यवहार गर्नुपर्ने भएकाले पनि तनाव व्यवस्थापन महŒवपूर्ण पक्ष हो । त्यसैले हामीले यस्ता रचनात्मक खालका कार्यक्रम गर्दै आइरहेका छौं ।’’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले प्रहरीले उच्च मनोबलसहित काम गर्नुपर्ने भएकाले पनि बेलाबखतमा ‘रिफ्रेस’ गराउनको लागि पनि तनाव व्यवस्थापनको तालिम आवश्यकता पर्ने बताउनुभयो । ‘‘प्रहरी सेवामा कार्यरत रहँदा सधैं सजक र शर्तक भएर द्रूत गतिमा कार्यसम्पादन गर्नुपर्ने जिम्मेवारी रहन्छ । त्यो बेला प्रहरीमा तनाव उत्पन्न हुनु स्वाभाविक नै हो,’’ उहाँले भन्नुभयो,‘‘ प्रहरीमा उत्पन्न भएको तनाव व्यवस्थापनको विषय पनि प्रथामिकता राख्दै काम गर्नुपर्ने बेला भइसकेको छ ।’’ जैन श्वेताम्बर तेरापथं सभाका समणी निर्देशिका विपुल प्रज्ञा जीले मानव जीवनमा विभिन्न खालका उतारचढाव आउने भएकाले पनि तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘‘सुरक्षा निकायमा कार्यरतहरूमा व्यस्त जीवनशैली र भागदौड हुने भएकाले पनि तनाव व्यवस्थापनलाई उच्च प्रथामिकता दिन जरूरी छ,’’ उहाँले भन्नुभयो,‘‘तनाव व्यवस्थापनका कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न आवश्यक छ ।’’ रासस
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads