search

 परवानीपुरको सडक विवाद सुल्झियो

पढ्न छुटाउनुभयो ?

प्रस, परवानीपुर,३ जेठ ।

वीरगंज–२१ परवानीपुर–पटेलनगर सडकखण्डको अतिक्रमण हटाउने विष्यामा सृजना भएको विवाद सुल्झिएको छ । वीरगंज महानगरका मेयर राजेशमान सिंह,वडा अध्यक्ष राधाकृष्ण साह रौनियारलगायत नगरप्रहरीका टोली आज विहान घटनास्थलमा पुगेर सडकको दुबै छेउमा भत्काउनु पर्ने सिमाङकन गरी अतिक्रमण खाली गराउने सहमति जुटाएकोले विवाद साम्य भएको हो ।

स्थानीय नागमणि उपाध्याय र फुलेना महतोको घर नजिक उपाध्यया परिवारले ७ फिट आफनो जग्गाबाट दिने र फुलेना महतोको पक्की घरबाट आधी भत्काएर ३२ फिटको सडकमा नाला सहित कालोपत्रे सडक बनाउने निर्णय भएको सहभागीहरुले बताएका छन् ।

कमभन्दा कम क्षतिमा उक्त काम जसरी पनि गराउने बारे सरोकारवाला वीच सहमति भएको स्थानीय सन्दिप उपाध्याय बताए । सहमित भएपछि विगत ७ वर्षको सडक विवाद खत्तम भएको र परवानीपुर–पटेलनगर सडक विस्तारले गति लिने विश्वास लिइएको छ । सडक अतिक्रमण खाली नहुदाँ सडक कालो पत्रे गर्ने ढिलाई र करिब आधा दर्जन गाउँका जनतालाई सास्ती खेप्नु पर्ने अवश्था रहेको २१ वडा अध्यक्ष रौनियार बताउँछन् ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads