search

spot_img
spot_img

प्रतिबन्धित भारु पौने ६ लाखसहित तीनजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ वैशाख । प्रतिबन्धित भारु पौने ६ लाखसहित तीनजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वा पर्साले प्रतिबन्धित भारुसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वीरगञ्ज–१६ रजतजयन्ती चोकमा खटिएको प्रहरी टोलीले भारतबाट वीरगंजतर्फ पैदल आउदै गरेका उत्तर प्रदेश, गोरखपुर ग्राम महूई सुघरपुर बस्ने वर्ष ४२ को बिनोद कुमार गुप्तालाई वैशाख १७ गते प्रतिबन्धित भारु दुई लाखसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
उनले भिरेको नीलो रंगको झोलामा प्रतिबन्धित भारतीय रू. ५०० को दरको नोट–३६३ थान, भारू.२०० को नोट–१३ थान, भारू.१०० दरको नोट–१४५ थान भारू.५० दरको नोट–२८ थान गरी जम्मा भारू दुर्ई लाख फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी वैशाख १८ गते राति ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर बस्ने वर्ष ३९ को अमित कुमार सिंहलाई चेकजाँच गर्ने क्रममा निजले बोकेको झोलाभित्र लुकाई छिपाई राखिएको भारतीय प्रतिबन्धित नोट भारू.२००० दरका नोट–२१ थान, भारू.५०० दरको नोट–६४४ थान भारू.२०० दरको नोट–३३ थान भारू.१०० दरको नोट–४५ थान र भारू.५० दरको नोट–१४ थान गरी तीन लाख पचहत्तर हजार आठ सय बरामद भएको प्रहरीले जनाएको छ । ।
पक्राउ परेका दुवैजना र बरामद रकम नियन्त्रणमा लिई आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads