परवानीपुर,५ जेठ ।
डिभिजन वन कार्यलय पर्साको आयोजनामा वीरगंजमा तीन दिने तालिम शुरु भएको छ ।
विर्तास्थित होटल अन्नपूर्णमा आयोजित तालिममा पर्साका विभिन्न साझेदारी वनका उपभोक्ताहरुको सहभागिता रहेको छ । वन सम्बद्र्धन प्रणालीमा अधारित दिगो वन व्यवस्थापन सम्बन्धि तालिमको उदघाटन डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले गरे ।
वन अधिकृत सन्दिपकुमार पटेलले स्वगत मन्तव्य व्यक्त गरको तालिममा तालिमको उदेश्य बारे कार्यालय प्रमुख अहमदले प्रकाश पार्दै तामिल उद्घाटन गरेका थिए । तालिममा वन विज्ञ विष्णुप्रसाद ढकालले वन व्यवस्थापन पृष्ठभूमि,कार्यक्रम तथा नीतिगत व्यवस्थाहरु,वन व्यवस्थापनका सिद्धान्तहरु,वैज्ञानिक वन व्यवस्थापन विरुद्ध दिगो वन व्यवस्थापलगायत शिर्षकमा प्रशिक्षण दिएका थिए ।