search

spot_img
spot_img

मधेश क्रिकेट लिग शुरु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ जेठ ।
मधेश क्रिकेट संघको आयोजनामा आज देखि वीरगंजको नारायणी क्रिकेट ग्राउन्ड र कलैयाको सिद्धेश्वर माविको मैदानमा प्रदेश स्तरीय क्रिकेट लिग शुरु भएको छ । क्यान नेपालको सहयोग र सहकार्यमा आयोजना भइरहेको मधेश क्रिकेट लिगमा पर्सादेखि सप्तरी सम्मका मधेशका आठ वटै जिल्ला सहभागी रहेका छन् । आजको वीरगंजमा २ र कलैयामा २ गरी ४ वटा खेल सम्पन्न भएको छ ।

वीरगंजमा भएको पहिलो खेलमा पर्सा महोत्तरीलाई ४ विकेटले पराजित गर्दै विजयी भएको छ भने अर्को खेलमा सर्लाहीलाई ७ विकेटले पराजित गर्दै रौतहट विजयी भएको छ । त्यसैगरी,कलैयामा सम्पन्न पहिलो खेलमा बारा ७ विकेटले सप्तरीलाई पराजित गरेका छ भने सिरहालाई ७ विकेटले धनुषा चौथो खेलमा विजयी भएको छ । वीरगंजको पहिलो खेलमा पर्सा महोत्तरीको खेलमा पर्साका समसाद मन्सुरी,दोस्रो खेलमा रौतहटका राजेश यादव उत्कृष्ट खेलाडी घोषित भए भने कलैयाको पहिलो खेलमा बाराका निरजकुमार यादव,दोसे खेलमा धनुषाका मयन यादव उत्कृष्ट घोषित भए ।

यो प्रतियोगितामा लिग चरण अन्तर्गत सधै ४ वटा खेल खेलाइने तालिका छ । कुल २८ वटा लिग खेल हुनेछन् । एउटा टिमले कुल ७ लिग खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको अधारमा उत्कृष्ट ४ टिम वीच दुई सेमिफाइनल र फाइनल जेठ १५ गते सम्पन्न हुने मधेश प्रदेश क्रिकेट संघका अध्यष सुनिल महासेठले जानकारी गराए । लिगको उदघाटन सत्रमा मुख्य अतिथि मधेशप्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवाल,मधेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठ,सदस्य बाबुजान अन्सारी,पर्सा क्रिकेट संघका अध्यक्ष मनिष स्रिंह,मधेशका खेलकुद परिषद सदस्य सचिव शिवजी गुप्तालगायतको सहभागिता थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads