search

पर्यटन प्रवद्र्धनको लागि घुमौं मधेश, बुझौ मधेश कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० जेठ । घुमौं मधेश, बुझौं मधेश नाराका साथ नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले पर्यटन प्रवद्र्धन कार्यक्रम पर्साको होटल भिस्वामा शनिवार सम्पन्न गरेको छ । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहाले मधेश प्रदेशमा रहेको विशाल पर्यटन सम्भावनाको पहिचान गर्नुपर्नेमा जोड दिए । उनले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने रणनीति तय गर्न र स्थानीय पर्यटन संरचना विकासतर्फ रणनीतिक सोच तयार गर्न मदत पुगेको बताए । महासंघका मधेश प्रदेश अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विकास राघव, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक प्रमुख गौतम मिश्रा तथा सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाल पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश खनाल लगायत, वीरगंज उद्योग वाणिज्य संघका हरी गौतमलगायत सहभागी थिए। कार्यक्रममा पर्साको ऐतिहासिक र सांस्कृतिक दृष्टिले महŒवपूर्ण पर्यटकीय स्थल ठोरीको भ्रमणका क्रममा विभिन्न प्रवद्र्धनात्मक गतिविधिहरू गरिएको थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads