search

spot_img
spot_img

एमसिएलमा आदिलको चल्यो बल्ला

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ जेठ । मधेश क्रिकेट लिगमा आज पनि चार लिग चरणका खेल सम्पन्न भएका छन् । दुई वटा वीरगंजको टिबी शाह ग्राउन्ड र दुई वटा कलैयाको सिद्धेश्वर मावि खेल मैदानमा गरी कुल ४ खेल सम्पन्न भएको आयोजक मधेश प्रदेश क्रिकेट संघले जनाएको छ ।

 

वीरगंजमो सम्पन्न दुई खेल मध्ये पहिलो खेलमा पर्सालाई बाराले ५ विकेटले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा जम्मा १२९ रन बनायो । जवाफी ब्याटिङ गरेको बाराले १४.४ ओभरमा ५ विकेटको क्षतिमा १३० बनाएर खेल जित्यो । उक्त खेलको म्यान आफ द म्याच बाराका आदिल अन्सारी घोषित भए । उनले ३७ बलमा १ चौका र ९ छक्कासहित कुल ७३ रनको पारी खलेका थिए ।

त्यसैगरी, वीरगंजमा सम्पन्न अर्को खेलमा सप्तरीले ३४ रनले महोत्तरीलाई हराउदै विजयी भएको छ । सप्तरीले छस जितेर पहिले ब्याटिङ गरेकोमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९९ रन बनायो । सय रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको महोत्तरी १६.२ ओभरमा सबै विकेट गुमाउँदै ६५ रनमै समेटिएपछि खेल सप्तरीले जित्यो । उक्त खेलको म्यान आफ द म्याच सप्तरीका पप्पु यादव बि घोषित भए । त्यसैगरी,बाराको कलैयास्थि सिद्धेश्वर मावि परिसर खेल मैदानमा सम्पन्न पहिलो खेलमा रौतहट धनुषालाई ३८ रनले पराजित गरेको छ ।

 

टस जितेर पहिले ब्याटिङ गरोके रौतहटले २० ओभरमा ८ विकेटको क्षतिमा कुल १३५ रन बनाएको थियो भने जवाफी ब्याटिङ गरेको धनुषाले १८.४ ओभरमा १० विकेटको क्षतिमा मात्र ९७ रन बनाउन सक्यो । उक्त खेलको उत्कृष्ट खेलाडी रौतहटका राजेश यादव घोषित भए । त्यसैगरी,कलैयामै सम्पन्न दोसे खेलमा सिरहाले सर्लाहीलाई २ विकेटले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङ गरेको सर्लाहीले १९.५ ओभरमा १० विकेट गुमाई कुल ११२ रन जोडयो । ११३ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको सिरहाले १९ ओभर १ बलमा ८ विकेटको क्षतिमा कुल ११८ रन बनाएर खेल जित्यो ।उक्त खेलका उत्कृष्ट खेलाडी सिरहाका प्रदिप पासवान घोषित भए ।

 

प्रतियोगिताको अंक तालिका अनुसार पहिलो स्थानमा ६ खेल मध्ये ५ मा जितसहित बारा,दोसेमा ६ मध्ये ४ मा जितसहित सप्तरी,तेस्रोमा ३ जितसहित रौतहट,चौथोमा ३ जितसहित धनुषा,५ मा पर्सा,६ मा सिरहा,७ मा महोत्तरी रहेका छन् । पर्सा,सिरहा,महोत्तरी ६ खेल मा २–२ खेल जितेर रनरेटको अधारमा स्थान ओगेटेका छन् । त्यसैगरी,यो प्रतियोगिताको सबैभन्दा कमजोर टिमको रुपमा सर्लाही देखिएको छ । उसले ६ खेलमा एक खेल पनि जितेको छैन् । प्रतियोगिताको सोमवार अन्तिम लिग चरण अन्तरगतको ४ खेल खेलाइनेछ भने त्यसपछि उत्कृष्ट ४ टिम वीच दुई सेमिफाइनल र जेठ १५ गते फाइनल खेलाइने तयारी रहेको पर्सा क्रिकेट संघका अध्यक्ष मनीष सिंहले जानकारी गराए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads