search

वडा नम्बर ५ का अध्यक्ष तारबार हटाउन सक्रिय

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ जेठ । वीरगंज महानगरपालिका वडा नम्बर–५ को सडक किनारमा अव्यवस्थित रूपमा झुण्डिएका इन्टरनेट, केबुल र टेलिफोनका तारहरू हटाउने कार्यको नेतृत्व गर्दै वडाध्यक्ष प्रदीप चौरसिया अभियान शुरु गरेका छन् । गर्मीको समयमा अव्यवस्थित तारको कारण आगलागीको जोखिम बढ्नुको साथै आवागमनमा समेत अवरोध भएपछि वडाध्यक्षको चौरसियाको नेतृत्वमा तार व्यवस्थित गर्न शुरु गरिएको हो । वडा नम्बर ५ स्थित विभिन्न गल्ली तथा टोलहरूमा तार हटाउने कार्य गरिएको वडासचिव अरूण बस्नेतले बताए । सो अभियानमा प्राविधिक खटाइएको उनले बताए । सडकपेटीमा जथाभावी तारबार भएको कारण हिंड्नसमेत मुस्किल पर्ने अवस्था भएपछि तार हटाउँदा टोल सफा, सुरक्षित भएको उनले बताए । वडाध्यक्ष चौरसियाले टोललाई व्यवस्थित र आधुनिक बनाउने दिशामा नागरिकको सहयोग र सुझाव आवश्यक रहेको बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads