search

spot_img
spot_img

वीरगंज ५ का अध्यक्ष तारबार हटाउन सक्रिय

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ जेठ ।
वीरगंज महानगरपालिका वडा नम्बर–५ को सडक किनारमा अव्यवस्थित रूपमा झुण्डिएका इन्टरनेट, केबुल र टेलिफोनका तारहरू हटाउने कार्यको नेतृत्व गर्दै वडाध्यक्ष प्रदीप चौरसिया अभियान शुरु गरेका छन् ।
गर्मीको समयमा अव्यवस्थित तारको कारण आगलागीको जोखिम बढ्नुको साथै आवागमनमा समेत अवरोध भएपछि वडाध्यक्षको चौरसियाको नेतृत्वमा तार व्यवस्थित गर्न शुरु गरिएको हो ।
वडा नम्बर ५ स्थित विभिन्न गल्ली तथा टोलहरूमा तार हटाउने कार्य गरिएको वडासचिव अरूण बस्नेतले बताए । सो अभियानमा प्राविधिक खटाइएको उनले बताए ।
सडकपेटीमा जथाभावी तारबार भएको कारण हिंड्नसमेत मुस्किल पर्ने अवस्था भएपछि तार हटाउँदा टोल सफा, सुरक्षित भएको उनले बताए ।
वडाध्यक्ष चौरसियाले टोललाई व्यवस्थित र आधुनिक बनाउने दिशामा नागरिकको सहयोग र सुझाव आवश्यक रहेको बताए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads