search

spot_img
spot_img

भरपेट भोजनालय पुनः सञ्चालनमा आउंदै

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ बैशाख ।
जेठ पहिलो सातादेखि भरपेट भोजनालय फेरि सञ्चालनमा आउने भएको छ ।
सानो पाइलाले गरिब विपन्न र मजदुरहरूलाई ५० रुपियाँँमै खाना खुवाँउदै आएको भरपेट भोजनालय खर्च थेग्न नसकेको भन्दै चार महिना अघि बन्द भएको थियो । बढ्दो महङगीका कारण खर्च थेग्न नसकेर चार महिना पहिले बन्द गरिएको भरपेट भोजनालय फेरि सञ्चालनमा ल्याउने तयारी भइरहेको सानो पाइलाका संस्थापक दिपक बहादुर श्रेष्ठले बताए ।
शुक्रवार आयोजित पत्रकार भेटटघाट कार्यक्रममा उनले चार महिनादेखि भोजनालय बन्द छ, तर अहिलेपनि न गरिब, विपन्न र मजदुरहरू खाना खोज्दै दिनहँु यहाँ आउछन्, बन्द भएको देखेर निराश भएर फर्किन्छन्, त्यसका कारण खर्चको व्यवस्थापन गरेर फेरि जेठ पहिलो सातादेखि सनचालनमा ल्याउने तयारीमा जुटेका छौं बताए ।
भोजनालय पुन सनचालनका लागि दीर्घकालीन उपाय खोज्नमा लागिरहेको भन्दै उनले भने,‘ दाताहरूबाट अहिलेसम्म ३० प्रतिशत रकम जम्मा भइसकेको छ, अब बाँकी रहेको ७० प्रतिशत रकम पनि दाताहरूबाटै जुटाउने अभियानमा लागिरहेका छौं ।
यसका लागि वीरगंज महानगरपालिकासंग पनि समन्वय गरिरहेको श्रेष्ठले बताए । श्रेष्ठले भने,‘ डेढ वर्षपहिले भरपेट भोजनालय सनचालन गर्दाकै ताका यसको स्वामित्व स्थानीय सरकारले लिओस् भन्ने हाम्रो चाहना थियो तर त्यसो हुन सकेन, अहिले भने मेयरसाबसंग कुरा भएको छ, उहाँ सकरात्मक हुनुहुन्छ ।श्रेष्ठका अनुसार, वीरगंज महानगरपालिकाको मुर्लीमा २०७८ साउन ३१ गतेदेखि ५० रुपियाँमा एक छाक खाना खुवाउने गरि भरपेट भोजनालय सनचालनमा ल्याईएको थियो ।

<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads