search

spot_img
spot_img

एमसिएलको फाइनलमा बारा र सप्तरी भिडने

पढ्न छुटाउनुभयो ?

वीरगंज,१३ जेठ ।
नेपाल क्रिकेट संघको प्रदेश स्तरीय कार्यक्रम अन्तर्गत मधेशप्रदेशको वीरगंज र कलैयामा जारी प्रथम संस्करणको मधेश क्रिकेट क्रिकेट लिगको फाइनलमा बारा र सप्तरी भिडने भएका छन् ।

 

वीरगंज र कलैयामा सम्पन्न आज दुई सेमिफाइनल खेलमा यी टिमहरुले विजयी भएपछि फाइनलमा भिडने पक्का भएको हो । वीरगंजमा सम्पन्न पहिलो सेमिफाइनलमा सप्तरीले ३ विकेटले धनुषालाई पराजित गर्दै फाइनलको लागि ठाउँ पक्का गरेको हो भने कलैयामा सम्पन्न अर्को सेमिफाइलनमा बाराले रौतहटलाई ४ विकेटले पराजित गर्दैै फाइनलमा गएको हो । वीरगंजको टिवि शाह खेल मैदानमा आयोजित पहिलो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको धनुषाले निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा जम्मा ९८ रन बनायो ।

 

९९ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको सप्तरीले १९.२ ओभरमा ७ विकेटको क्षतिमा १०२ रन बनाई खेल जित्यो । उक्त खेलको उत्कृष्ट खेलाडी सप्तरीका खेलाडी ३१ बलमा ४८ रन हानेका राहुल बिक घोषित भए । त्यसैगरी,कलैयाको खेलमा टस हारी पहिले ब्याटिङ गरेको रौतहटले १६.२ ओभरमा सबै विकेट गुमाई जम्मा १०१ रन बनाएकोमा बाराले १७.४ ओभरमा ६ विकेटको क्षतिमा १०४ रन बनाई खेल आफनो पोल्टामा पारेको हो ।उक्त खेलमा बाराका अरराउन्डर पवन सर्राफ उत्कृष्ट खेलाडी घोषित भए । उनले ५ विकेट लिएका थिए । एमसिएलको फाइनल जेठ १५ गते बिहीवार हुने आयोजक मधेशप्रदेश क्रिकेट संघले जनाएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads