search

अपी पावरले गर्यो मधेशमा लगानी,  भलुहीमा रु ४८ करोडको सोलार प्लान्ट बन्दै

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल,परवानीपुर,१८ जेठ।

जलविद्युत र सौर्य उर्जासहितको नविकरणीय उर्जा उत्पादनमा केन्द्रित ‘अपी पावर कम्पनी लिमिटेड‘ ले बारामा रु ४८ करोडको सोलार प्लान्ट लगाउँदैछ । जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित नेपाल विद्युत प्राधिकरणको ११ केभिए सबस्टेशनभन्दा पुर्वमा उक्त प्लान्ट लगाउन लागेको जनाएको छ । ८ मेगावाट क्षमताको उक्त प्लान्ट निर्माणको लागि १२ बिघा क्षेत्रफल जग्गा लिजमा लिई काम अघि बढाएको हो । कम्पनीका कार्यकारी निर्देशक सन्जीव न्यौपोनेका अनुसार यो परियोजनाको लागि कम्पनीले रु ४८ करोड लगानी गर्नेछ । उक्त सोलार प्लान्ट वीरगंजदेखि ९ किलोमिटर उत्तरमा र सिमरा विमानस्थलबाट ११ किलोमिटर दक्षिणमा पर्छ । प्लान्ट निर्माणको लागि पर्साको वीरगंज महानगरपालिकाको केही वडा र जितपुरसिमराको केही वडाको जग्गा अनुगमन गरी निर्माण स्थलको लागि भुलहीको जग्गा छनौट गरेको हो । ‘बाँझो र खेतीयोग्य नभएको जग्गा खोज्दै थियौं,ठयाक्कै त्यस्तै जग्गा पायौं’,कार्यकारी निर्देशक न्यौपानेले भने,‘ प्लान्ट सञ्चालनमा आएपछि करिब २० जनाभन्दा बढिले रोजगारी प्राप्त गर्नेछन् ।’

अगामि ६ महिना भित्रै प्लान्टको काम सकेर नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशासरण लाइनको ग्रिडमा उत्पादित विजुली जोड्ने लक्ष्य लिइएको अपी पावर कम्पनीकी अध्यक्ष सिर्जना खड्काले बताइन् । केही दिन अघि शैक्षिक सामाग्री वितरण गर्न बाराको भलुहीमा आएकी अध्यक्ष खडकाले कुराकानी गर्दै यो परियोजनाले वीरगंज–पथलैया औद्योगिक कोरिडोरका विद्युत उपभोक्ताहरुको विद्युत अभावको समस्या वा ट्रिपिङको समस्यालाई केही हदसम्म राहत दिने बताइन् ।

मधेशमा चौथो सौर्य उर्जा परियोजनाकोरुपमा निर्माण भइरहेको यो परियोजनाका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता समेत गरिसकेको जनाएको छ । यसअघि नै अपी पावरको लगानीमा निर्मित सिमराको १ मेगावाट क्षमताको सोलार प्लान्ट दुई वर्षअघि देखि सञ्चालन हुदैं आएको छ । सिमराको प्लान्ट सञ्चालनमा आएपछि उत्पादित उर्जा परवानीपुरस्थित ११ केभिए क्षमताको सबस्टेशन मार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिसकेको छ । कम्पनीले रु ८ करोड ५० लाखमा सिमरामा १ मेगावाट क्षमताको प्लान्टपछि धनुषाको ढल्केवरमा १ मेगावट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाट क्षमताको प्लान्ट समेत सञ्चालन गरिरहेको छ । यी तीनवटै परियोजनाहरू मधेशप्रदेश भित्रको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने परियोजना हुन् ।

अपी पावर कम्पनीले हालसम्म सुुदुरपश्चिममा ८.५ मेगावाटको नौगढ गाड, ८ मेगावाटको अपर नौगढ गाड, ४० मेगावाटको अप्पर चमेलिया जलविद्युत परियोजना र सौर्य उर्जा परियोजनासमेतबाट कुल ६२.५ मेगावाट नविकरणीय उर्जा उत्पादन गरिरहेको छ । कम्पनीको हाल कुल चूक्ता पूँजी करिब रु ६ अर्ब भन्दा बढिको छ भने चाल आवको असार सम्म कम्पनीले रु ३५ करोड ३४ लाख रूपैयाँ नाफा कमाएको जनाएको छ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads