search

स्काईलाइन मलको १३ करोड भ्याट क्रेडिट अमान्य गर्न महालेखाको निर्देशन

पढ्न छुटाउनुभयो ?

वीरगंज,१९ जेठ।
वीरगंजको आदर्शनगरस्थित स्काईलाइन मल (स्काइलाइन इन्फ्रा प्रा.लि.) ले मूल्य अभिवृद्धि कर (भ्याट) मा लिएको १३ करोड ११ लाख १५ हजार रुपैयाँ क्रेडिट अमान्य गर्न महालेखा परीक्षकको कार्यालयले आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको छ ।

 

६२औं वार्षिक प्रतिवेदनमार्फत महालेखाले स्काईलाइन मलको मुख्य कारोबार व्यवसायिक प्रयोजनका लागि सटर बहालमा लगाउने रहेको भन्दै कर योग्य र कर छुट हुने कारोबार छुट्याएर मात्र क्रेडिट लिनुपर्ने उल्लेख गरेको छ । तर स्काईलाइनले सबै खरिदमा भ्याट क्रेडिट लिएको पाइएकाले छानबिन गर्न भनिएको हो ।

करिब २ अर्ब पूँजी लगानी रहेको यो मलमा क्याल, पटवारी, भंगर, सालिमार समूह र शंकर समूहका साझेदार राजेश अग्रवालको लगानी छ। दश तल्ले मलमा होटल, मल्टिप्लेक्स, रेष्टुरेन्ट, मोबाइल शोरूम, फिटनेस सेन्टर, स्पा र अन्य सेवाहरू सञ्चालित छन् ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads