search

spot_img
spot_img

पर्सामा रवीको मुद्दा बिचाराधिन

पढ्न छुटाउनुभयो ?

वीरगज,२० जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्साले अनुसन्धानको अन्तिम प्रतिबेदन सरकारी वकिलको कार्यलयमा फाईल पठाएको आज ३५ दिन भएको छ । अनुसन्धान भई सरकारी वकिलमा कार्यलय पर्सा प्रहरीले फाईल पठाएपनि अहिलसम्म सो मुद्याको फाईल अलपत्र अवस्थामा रहेको सहकारी पिडीतहरुको गुनासो छ । कुनै पनि मुदाको अन्तिम अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यलयमा प्रहरी बुझाउन सक्दो चाडो अदातलमा अभियोग पत्र दर्ता गर्न कानुन व्यवस्था रहेको अधिवक्ता सुधिर कर्णको भनाई छ । कर्णका अनुसार लामिछाने अहिले सरकारको नियन्त्रणमा रहेकोले उनी बिरुध पुरक अभियोग दर्ता हुने बताए । आजसम्म सरकारी वकिलले फाईल हेर्न नसकेको प्रतिक्रिया दिएका छन । बैशाख १४ गते नै पर्सा प्रहरीले रबिबिरुधको अन्तिम अनुसन्धानको फाईल पर्सा प्रहरीले सरकारी वकिलको कार्यलयमा बुझाएको जनाएको थियो ।

जिप्रका, पर्साले लामो समयपछि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा पुरक अभियोग पत्र दायर गर्नका लागि जिला न्यायाधिवक्ताको कार्यालय पर्सामा फाइल बुझाएको पनि बेवास्ता गरे अनुसार अदालतमा सो फाईल दर्ता गर्न नसकेको स्रोतको भनाई छ । प्रहरीले बुझाएको प्रतिवेदनमा ४१ जनालाई प्रतिवादी बनाइएको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । उनले दुईवटा मुद्दाको अनुसन्धान सकिएपछि कारबाहीका लागि विभिन्न कम्पनी तथा व्यक्तिलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ताको लागि सा ेसम्बन्धी प्रतिवेदन न्यायाधिवक्ताको कार्यालयमा पठाएको बताए ।

प्रहरीले पठाएको प्रतिवेदनमा ३० जना व्यक्ति, तीनवटा सहकारी र आठवटा विभिन्न कम्पनीलाई प्रतिवादी बनाइएको छ भने दुई अर्ब ३० करोड १४ लाख २९ हजार ८२९ रुपैयाँ बिगो मागदाबी गरिएको छ । प्रहरीले बुझाएको प्रतिवेदनमा कम्पनी र व्यक्तिको उत्तरदायित्वतर्फ एक अर्ब १२ करोड ६५ लाख २६ हजार ३९५ पैसा लिनुपर्ने माग गरिएको छ भने स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थासँग एक अर्ब १५ करोड ९१ लाख ४४ हजार, सूर्यदर्शन सहकारी संस्थासँग एक करोड २० लाख र आशा एन्ड इन्टरनेशनल प्रालिसँग ३७ लाख ९० हजार ३७९ पैसा फिर्ता लिनुपर्ने माग गरिएको प्रहरी प्रवक्ता लम्सालले जानकारी गराएका छन् ।

संसदीय छानबीन समितिले अनुसन्धान गरेर लामिछानेमाथि मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्देशन दिएपछि पर्सा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान शुरू गरेको थियो । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै लामिछानेसहितका व्यक्तिहरूमाथि न्यायाधिवक्ताको कार्यालयले प्रहरी प्रतिवेदन बुझेर अध्ययन गरी पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाले उतिबेला बताए पनि हालम फाईल हेर्न नपाएको आज निरौलाले बताएका छा । । पर्सा प्रहरीमा सानो पाइला ऋण तथा बचत सहकारी संस्थाविरुद्ध २०० साउन २१ गते ५२ जनाले उजूरी गरेका थिए भने त्यसको एक महीनापछि भदौमा २०७ जना र २०१ फागुन २ गते १७९ जनाले उजूरी गरेका थिए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads