search

spot_img
spot_img

अघोषित लोडसेडिङबारे उर्जा मन्त्रालयमा मेयरको गुनासो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० जेठ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंज क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या दीर्घकालीन रूपमा समाधान गर्न उर्जा मन्त्री दीपक खड्कासँग आग्रह गरेका छन् । मंगलवार उर्जा मन्त्रालयमा खानेपानी मन्त्री प्रदीप यादवसँगै पुगेका मेयर सिंहले मन्त्री खड्कासँग भेट गरी हालको अवस्था र त्यसले जनजीवनमा पारेको प्रभाववारे जानकारी गराउँदै समस्याको समाधानको माग गरेका हुन् । मेयर सिंहले पछिल्ला दिनहरूमा वीरगंज र आसपासका क्षेत्रमा ४० डिग्री सेल्सियससम्म पुगेको अत्यधिक गर्मीबीच पटक–पटक विद्युत सेवा अवरूद्ध भइरहेकाले जनजीवन कष्टकर बनेको बताए। उनले वारम्वारको अघोषित लोडसेडिड्ढा कारण अस्पतालमा बिरामीको उपचार प्रभावित भएको, विद्यालयमा पठनपाठन बाधित भएको, बालबालिका, वृद्धवृद्धा र गृहिणी महिलाहरू बढी समस्यामा परेको, घरका विद्युतीय उपकरणहरू बिग्रिन थालेको र उद्योगहरू धराशायी अवस्थामा पुगेको उल्लेख गर्दै मन्त्री खड्काको ध्यानाकर्षण गराए। मेयर सिंहले यस्तो गम्भीर समस्या सरकारको प्राथमिकतामा पर्नु आवश्यक रहेको भन्दै दीर्घकालीन समाधानका उपायहरू तत्काल शुरू गर्न माग गरे। साथै, अस्पताल, विद्यालय लगायतका अत्यावश्यक सेवामा तत्काल स्थलगत निरीक्षण गरी आवश्यक परेको ठाउँमा ट्रान्सफर्मरको मर्मत वा पुनःस्थापना गर्नुपर्ने सुझावसमेत उनले दिएका छन। सोही अवसरमा उर्जा मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरण मधेस प्रदेशका प्रादेशिक प्रमुख मनोज यादवलाई टेलिफोनमार्पmत निर्देशन दिँदै वीरगंज महानगरसहित आसपासका क्षेत्रमा देखिएको समस्या तुरून्त समाधान गर्न आदेश दिएका छन। मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार मन्त्री खड्काले विशेषगरी अस्पताल तथा शिक्षण संस्थाहरूमा तत्काल स्थलगत निरीक्षण गरी आवश्यक सुधार कार्य अघि बढाउन निर्देशन दिएका हुन। वीरगंजका मेयरसँगको सहकार्यमा विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्न उर्जा मन्त्रालयले गम्भीर पहल थालेको घिमिरेले बताए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads