search

spot_img
spot_img

एनएमसि र महानगरका ३२ वडाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज,२१ जेठ /
पर्साको भेडियाहीस्थित नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका ३२ वटै वडा कार्यालयबीच स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने औपचारिक सम्झौता बुधबार सम्पन्न भएको छ।

अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा ३२ वटै वडाका अध्यक्षहरू र कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौता अनुसार ओपिडी टिकटमा २५%, जनरल बेडमा १५%, आइसियु/एनआइसियु/पीआइसियु बेड चार्जमा ५%, जनरल लाप्रोस्कोपिक तथा इन्डोस्कोपिकमा ८%, पाथोलोजीमा १०%, एक्सरे, इसिजी, भिडियो एक्सरेमा ७%, सिटीस्क्यान र एमआरआईमा ७% छुट दिइनेछ। फार्मेसी ओपिडीमा १०% र आईपिडीमा १५% छुट प्रदान गरिनेछ।

छुट सुविधाका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य हुनेछ। साथै, नेशनल मेडिकल कलेजले प्रत्येक तीन महिनामा ३२ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गर्नेछ।

सम्झौता एक वर्षसम्म लागू हुनेछ र आपसी सहमतिमा परिमार्जन गर्न सकिने जनाइएको छ। कार्यक्रममा अधिकांश वडा अध्यक्षहरूको उपस्थिति थियो। उनीहरूले सम्झौताबाट आर्थिक रूपमा कमजोर वर्गलाई राहत पुग्ने भन्दै आजको दिनलाई ऐतिहासिक बताएका छन्।

अस्पतालका निर्देशक डा. ईसरत जहान अन्सारीले सम्झौताबाट गाउँदेखि सहरसम्मका नागरिकले सहज स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरिन्। कार्यक्रममा मार्केटिङ डाइरेक्टर आबिद हुसेन, एकेडेमिक डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, प्रधानाध्यापक डा. केएन सिंह र सञ्चारकर्मीहरू पनि सहभागी थिए।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

डुबेर दुई बालकको मृत्यु

पर्सा, २७ साउनः ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ...

सम्बन्धित खबर

- Advertisement -neelambads