search

विद्युत प्राधिकरणले काटिदियो प्रादेशिक अस्पताल जनकपुरको विजुली

पढ्न छुटाउनुभयो ?

२४ वैशाख, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको विद्युत लाइन काटिदिएको छ । प्राधिकरणको जनकपुर वितरण केन्द्रले  आइतबार दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटेको हो ।

मधेशकै ठूलो यो अस्पतालले प्राधिकरणलाई विजुलीवापतको १ करोड २० लाख रुपैयाँ महसुल तिर्न बाँकी छ । पटक पटक लिखित मौखिक ताकेता गर्दा पनि अटेर गरेपछि लाइन काटेको प्राधिकरणका वितरण केन्द्र प्रमुख लखन लला मल्लिकले बताए ।

प्रादेशिक अस्पतालले १५ महिनादेखि विद्युत महसुल बुझाएको छैन । ‘महसुल तिर्न पटक पटक मौखिक आग्रह र लिखित पत्र पठाएका छौं, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय लगायतमा । तर मतलब नगरेपछि बाध्य भएर लाइन काटेका हौं’, प्रमुख मल्लिकले अनलाइनखबरसंग भने ।

विजुलीको लाइन काटिएपछि चर्को गर्मीमा बिरामीले पंखा चलाउन पनि पाएका छैनन्, विजुली नहुँदा अस्पतालका कतिपय उपकरण पनि चलेको छैन । कम्तीमा महसुल कहिलेसम्म तिर्ने लिखित प्रतिवद्धता गरे मात्र लाइन जोड्न सकिने वितरण केन्द्र प्रमुख मल्लिकले बताए ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads