वीरगंज,२२ जेठ ।
नेपाल आर्थिक पत्रकार संघ( नाफिज) को आयोजनामा वीरगंजमा नेपाल इन्टरमोडेल यातायात विकास समितिको लागि ‘सञ्चार रणनीति’ विषयक सरोकारवालाहरु वीचमा छलफल सम्पन्न भएको छ । वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको सो कार्यक्रममा वक्ताहरुले बदलिदै गएको आधुनिक परिवेशमा व्यापार सहजीकरणको लागि आधुनिक सूचना प्रविधिमा पहुच बढाउदै लैजानु जोड दिएका छन् ।
वीरगंज उद्योग वाणिज्य संघको सह आयोजना रहेको उक्त कार्यक्रममा अन्तराष्ट्रिय व्यापारलाई सहजीकरण गर्नका लागि सरकारी र निजि क्षेत्रवीच अन्तर–निकाय तीव्र संवाद हेतु तीव्र प्रतिक्रिया दिइनु पर्ने समाजिक सञ्जाल ह्वाट्सएप समुह,इमेल समुहको निर्माण गरी समन्वय गनृू पर्ने,आवद्यिकरुपमा संवाद गरिराख्न कम्तीमा तीन–तीन महिनामा स्थानीय समस्यालाई समाधान गर्न लैजानु पर्ने र संकटकालिन अवस्थामा स्थानीय स्तरमा यी निकाय वीच समन्वयको लागि टिम खडा गरी काम गर्नु पर्ने वक्ताहरुले सुझाव दिएका थिए ।
वाणिज्य मन्त्रालय अन्तर्गत नेपाल इन्टरमोडेल यातायात विकास समितिले देशभरका १३ वटा भन्सार कार्यालयहरुको भौतिक पूर्वाधार विकास तथा व्यापार सहजीकरणको लागि नियामक निकायको लागि काम गर्दै आएको छ । जस मध्ये वीरगंज भन्सार र ड्राईपोर्ट भन्सार कार्यालय वीरगंजमै छन् ।
वीउवासंघका कार्यकबाहक अध्यक्ष माधव राजपालको अध्यक्षतामा समपनन् कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी समुनकुमार कार्की,पर्साका प्रहरी उपरीक्षक गौत्तम मिश्र,सप्रउ राधेश्याम धिमाल,नेपाल इन्टरमोडेल यातायात विकास समिति वीरगंज शाखाका प्रमुख कमल ज्ञवाली,सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल,आईसिपी सञ्चालन गर्ने टिआरएस हिमालयन लोजिपार्क प्रालि वीरगंजका प्रमुख गणेश घिमिरे,ड्राईपोर्ट भन्सार सञ्चालक प्रिस्टिइन भ्याली ड्राईपोर्ट प्रालिका प्रमुख अतुल शर्मा,कमर्शियल प्रमुख विकास शर्मा,नेपाल फ्रेट फरवार्डर एशोसियनका वीरगंज प्रतिनिधि उमेश शर्मालगायतले आफना धारणा व्यक्त गरेका थिए । वीउवा संघका मनोज उपाध्याय र पत्रकार रितेश त्रिपाठीले सहजीकरण गरेको कार्यक्रममा वीउवा संघका महासचिव शिवजी साह,कोषाध्यक्ष अनोज रुगंटा,प्लान्ट क्वारेन्टाइन एवं विषदी व्यवस्थापन केन्द्र वीरगंजका प्रमुख कुलदीप घिमिरेलगायत सञ्चारकर्मीहरुको सहभागिता थियो । नाफिजका पूर्व अध्यक्ष मोद ढकालले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।