search

परवानीपुरमा व्यवसाय दर्ता नभएका फर्मलाई कानुनको दायरमा ल्याइदै

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ जेठ ।
परवानीपुर गाउँपालिकाले पालिका क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न व्यवसाय तथा व्यवसायिक प्रतिष्ठानहरूमा अबैध रुपमा सञ्चालित उद्योग तथा व्यवसायिक फर्महरुलाई कारवाही प्रकृया अगाडि बढाएको छ । गापाले अनुगमन गर्न विशेष टोली गठन गरी केही दिनदेखि अनगुमन तथा पालिकामा व्यवसाय दर्ता गर्न ताकेदा समेत गरेको थियो । तर उक्त ताकेदाको अटेरी गर्ने उद्योगहरुलाई आजदेखि अन्तिम पल्ट सम्झौता गरी एक हप्ता समय दिने सो अवधीमा दर्ता नगरे शिलबन्दी गर्ने काम शुरु भएको जनाइएको छ ।

ेगाउँपालिकाको निर्णय अनुसार खुद्रा व्यापार, खाद्यान्न, इन्धन स्टेसन, तरकारी, मासु पसल लगायतका व्यवसायहरूमा मूल्य सूची, म्याद, सफाइ तथा इजाजतपत्र जाँच गर्ने उद्देश्यसहित टोली गठन गरिएको हो। टोलीमा उद्योग शाखा प्रमुख प्रमोद यादव, राजस्व शाखा प्रमुख कृष्ण प्रसाद यादव, सूचना अधिकारी रवी जयसवाल, गाउँ प्रहरी, ईलाका प्रहरी कार्यालय प्रसौनी र ईप्रका परवानपुरीपुर बुनियादको संयुक्त टोलीले परवानीपुर गापामा दर्ता नभएका आधा दर्जनभन्दा बढि उद्योगलाई कानुनको दायरमा ल्याउन थालिएको गापा अध्यक्ष रामक्षेत्रीप्रसाद कुर्मीले बताए । पटकपटक पत्र पठाएर पालिकामा सुचिकृत हुन आग्रह गर्दा समेत अटेरी भएकोले आवश्यक कारवाही अगाडि बढाइएको उनले बताए ।
टोलीले निर्धारित मिति र समय अनुसार बजार क्षेत्रको निरीक्षण गरी अनियमितता नियन्त्रण, उपभोक्ता अधिकार संरक्षण तथा गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न अनुगमन गर्ने गाउँपालिका राजस्व शाखा प्रमुख कृष्ण यादवले बताए । यसैक्रममा गापाको संयूक्त टोलीले श्रीहरि रिप्याकिङ उद्योग,पशुपति कुट उद्योग,तराई केमिकल उद्योग,प्रदिप पोलिथिन,वीणासती पेपर उद्योगलाई एक हप्ता भित्र व्यवसाय दर्ता गरी सुचिकृत गर्न दुबै पक्ष वीच मञ्जुरनामासहितको सम्झौता समेत गरेको छ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads