search

spot_img
spot_img

तारको कच्चा पदार्थमा भन्सार घटाउन वीउवा संघको माग

पढ्न छुटाउनुभयो ?

प्रस,परवानीपुर,२२ जेठ ।
बायिङ्ड तार/जिआई तार निर्माणका लागि आवश्यक कच्चा पदार्थ ‘तारको डण्डी’ मा पुर्वत ५ प्रतिशत नै भन्सार शुल्क राख्न वीरगंज उद्योग वाणिज्य संघले सरकारसँग आग्रह गरेको छ ।

संघका कार्यवाहक अध्यक्ष माधव राजपालद्वारा अर्थ मन्त्रालयलाई पठाइएको पत्रमा आव २०८२/०८३ को बजेटमार्फत तारको डण्डीमा ५ प्रतिशतबाट ५ प्रतिशत थपेर १० प्रतिशत भन्सार शुल्क कायम गरिएको उल्लेख गर्दै उक्त निर्णयले व्यवसाय धरापमा पर्ने बताइएको छ । संघले तारको डण्डी कच्चा पदार्थ भएको र यसमा शुल्क लगाउनु अव्यावहारिक भएको जनाउँदै, पहिलेको जस्तै ५ प्रतिशत शुल्क कायम गरिनुपर्ने माग गरेको छ ।

पत्रमा उल्लेख भएअनुसार, वीरगंजमा करिब दुई दर्जन उद्योगले डण्डी आयात गरी जिआई तार उत्पादन गर्दै आएको र यसबाट हजारौंको संख्यामा रोजगारी सिर्जना भएको जनाएको छ । कच्चा पदार्थमा भन्सार शुल्क बढेसँगै ती उद्योग बन्द हुने खतरा उत्पन्न हुने र स्वदेशी उत्पादनमा नकारात्मक असर पर्ने संघको भनाइ छ । संघले तार÷जिआई तार बनाउने उद्योगहरूको संरक्षणका लागि तत्काल डण्डीमा वृद्धि गरिएको भन्सार शुल्क हटाउन अर्थ मन्त्रालयसँग अनुरोध गरेको हो । यो दरमा कच्चा पदार्थ भित्रियाउनु पर्दा अबौं लगानी रहेको फलामजन्य उद्योगहरुको लगानी मर्कामा पर्ने व्यवसायीहरुको दावी छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads