वीरगंज, २५ जेठ ।
हिन्दू स्वयमसेवक संघ नेपालको आयोजनामा वीरगंजमा १५ दिने ‘संघ शिक्षा वर्ग’ प्रशिक्षण सम्पन्न भएको छ । वीरगंज–१० आदर्शनगरस्थित पशुपति शिक्षा मन्दिर र ठाराब,शिक्षा संकायको मैदानमा आयोजित प्रशिक्षणमा १२५ जना देशभरका शिक्षार्थी,२५ जना प्रशिक्षक र २० जना व्यवस्थापक गरी कुल १७० जनाको तालिममा सक्रिय सहभागिता रहेको हिन्दू स्वयमसेवक संघ वीरगंज शाखाले जनाएको छ ।
तालिम समापनको अवसरमा हिजो शनिवार साझ ५ बजेदेखि राति ८ बजे सम्म शिक्षा संकायको मैदानमा वृहत समापन समारोह आयोजना गरी शिक्षार्थीले सिकेका सीप एंव कौशलतालाई प्रदर्शन समेत गरिएको छ । पछिल्लो समय देशमा विदेशी शक्तिहरुले हिन्दु धर्मीलाई धर्मान्तर गराई अन्य धर्मतर्फ लगिरहेकोले संचेत हुन वक्ताहरुले सुझाव दिएका थिए । धर्म हराए,संस्कार हराउछ,सस्कार हराए संस्कृति हराउछ,संस्कृति नरेह राष्टियता हराउछ र राष्ट्रियता नरहे राष्ट्र नरहने विचार प्रस्तुत गर्दै वक्ताहरुले आफनो हिन्दू धर्मको रक्षा र संस्कृति बचाउन संघले आयोजना गरेको तालिमले शिक्षार्थीमा अनुशासन,युद्ध कौशलता र धर्मप्रति आस्था समेत बढाउने विश्वास लिएका छन् ।
संघको राष्ट्रिय संघचालकको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सुर्खेत विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह,पूर्व प्रजिअ पूण्यबहादुर ढकाल, वीरगंजमा आयोजिक तालिम कार्यक्रमका संयोजक दिनेश बंकालगायत पदाधिकारीहरुको सहभागिता थियो । कार्यक्रममा विभाग संघचालक एवं वीरगंजका उद्योगी अशोक वैद्यको अध्यक्षता थियो।