search

spot_img
spot_img

नागरिकता प्रकरणमा अग्रवाल पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज,२५ जेठ ।
झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा राजीव अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट जागिर तथा व्यापारको सिलसिलामा नेपाल आएका अग्रवालले २०६३ सालमा नागरिकता टोलीमार्फत जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए, तर उक्त प्रक्रिया मापदण्डविपरीत भएको उजूरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

वीरगंज महानगरपालिका–६ स्थित दुई नम्बर रोडमा पसल सञ्चालन गर्दै आएका अग्रवाल पछिल्लो केही वर्षदेखि भारतको सुरतमा स्थायी रूपमा बसोबास गर्दै कारोबार गरिरहेका थिए । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, पर्सामा उजूरी परेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सो उजूरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएका थिए । सोही आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको पर्साका प्रहरी उपरीक्षक गौत्तम मिश्राले जानकारी गराए ।

६ दिन अघि पक्राउ गरी हाल म्याद थप गरेर अनुसन्धान अघि बढाइएको उनले बताए । प्राप्त जानकारी अनुसार, अग्रवाल वीरगंज महानगरपालिका–१० स्थित ठाकुर राम बहुमुखी क्याम्पस पछाडिको क्षेत्रमा घर बनाइ बसेका थिए । उजूरी परेपछि नागरिकता सम्बन्धी विवरण बुझ्न जिल्ला प्रशासन कार्यालय पुगेका बेला प्रहरी टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads