search

spot_img
spot_img

मधेशका सबै जिल्लाका महासंघलाई ५–५ लाख

पढ्न छुटाउनुभयो ?

वीरगंज,२६ जेठ ।
मधेश सरकारले सञ्चारकर्मी र सञ्चार क्षेत्रको विकासका लागि एकपछी अर्को कार्यक्रम अघि सारेको छ । प्रदेशका ८ वटै जिल्लाका नेपाल पत्रकार महासंघको शाखालाई आगामी आ.व. २०८२÷०८३ मा कार्यालय संचालनका लागि पाँच-पाँच लाख रकम अनुदान दिने मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले निर्णय गरेका हुन् । उनले उक्त अनुदान सहयोग बजेट मार्फत बिनियोजन गरि सहयोग गर्ने बताए । मन्त्री लेखी भने ‘म आफै पनि पत्रकारिता क्षेत्रबाट नै आएकोले पत्रकारसाथीहरू र सञ्चारक्षेत्रको दुख,पिडा र समस्याहरुको बारेमा म राम्रोसँग जानकार छु ।’

मधेशका ८ वटै जिल्लाका नेपाल पत्रकार महासंघको कार्यालय संचालनका लागि बजेट बिनियोजन गर्नु इतिहासमै पहिलोपटक हो । सञ्चारमन्त्री लेखीले भने, ‘रकम अभावकै कारणले महासंघका अधिकांश शाखाको कार्यालय संचालन र नियमित कार्य गर्न कठिनाई भइरहेकोले यस्तो अवस्था आउन नदिन मैले प्रदेश सरकारबाट थोरै भएपनि बजेट राख्न लागेको छु ।’ उनका अनुसार मधेसका पत्रकार महासंघका प्रत्येक शाखाले पाउने पाँच लाखको अनुदान रकमबाट शाखाले आवश्यकता अनुसार मसलन्द, घर भाडा, कर्मचारीको तलबभत्ता,विद्युत र पानीको महसुल भुक्तानी जस्ता खर्च शिर्षकमा खर्च गर्न पाउने छन् ।यसअघि आठवटै जिल्लामा महासंघको समन्वयमा पत्रकार आचारसंहिता सम्बन्धि अन्तरक्रिया, गोष्ठी जस्ता कार्यक्रमहरुको आयोजना गरि सकेको छ।

मन्त्री लेखीले पत्रकारको सुरक्षालाई ध्यानमा राखेर पत्रकारहरुको दुर्घटना बिमा कार्यक्रम लागू गरिसकेको छ भने विमा कम्पनीले मात्रै लाभ नलिइ पत्रकारहरुले नै लाभ लिऊन भन्ने उद्देश्यले अब उक्त दुर्घटना बिमालाई पत्रकारहरुको जिवनविमामा परिणत गर्ने उनको योजना रहेको छ। मन्त्री लेखीले केही दिन अगाडि मात्रै यस वर्षको गणतन्त्र दिवसको अवसरमा पहिलो पटक मधेश प्रदेशका करिब डेढ दर्जन प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद रकम सहित प्रसंसा पत्र र दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads