परवानीपुर,२६ जेठ ।
बाराको परवानीपुर गाउँपालिका–१ बलुवाटोलदेखि पूर्वतर्फ जाने मुख्य सडकको ढलान कार्यको शिलान्यास आज भएको छ । उक्त सडक विकास कार्य प्रदेशसभा सदस्य जितेन्द्र सोनलको पहलमा सुरु गरिएको हो, जसको शिलान्यास स्वयं सोनलले विधिपूर्वक पूजा–पाठ गरी गरेका हुन् । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बाराका क्षेत्र नं. ४ का वरिष्ठ उपाध्यक्ष जवाहीर महतो, लोसपा नेता जगतनारायण महतो, १ का पूर्व वडा अध्यक्ष मिश्री महतो, लोसपा नेता उदेश पटेल, पनालाल सहनी, मुकेश रौनियारलगायत स्थानिय भद्रभलाद्मी र समाजसेवीहरूको सहभागिता रहेको थिया ।
प्रदेशसभा सदस्य सोनलले कार्यक्रममा संक्षिप्त मन्तव्य दिंदै स्थानीय जनताको लामो समयदेखिको मागअनुसार सडक ढलान कार्य अघि बढाइएको जानकारी दिए। उनले भौतिक पूर्वाधारको विकासमार्फत जनताको जीवनस्तर उकास्ने आफ्नो प्रतिबद्धता पुनः दोहो¥याए । स्थानीयवासीहरूले प्रदेश सांसद सोनलको प्रयासप्रति आभार व्यक्त गर्दै सडक निर्माणले आवागमन सहज हुने, व्यवसायिक गतिविधि बढ्ने र समग्र क्षेत्रमा विकासको गति लिने विश्वास व्यक्त गरेका छन्।