search

spot_img
spot_img

तराई मधेशमा बढदो गर्मी

पढ्न छुटाउनुभयो ?

वीरगंज,२६ जेठ ।
तराई मधेशमा गर्मी अझै बढ्ने अनुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सबैभन्दा धेरै धनगढीको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । मौसमविद हरिप्रसाद दाहालका अनुसार केही दिनदेखि मनसुन कोशी प्रदेशमै अड्किएकाले देशभर मनसुनी वर्षा हुन सकेको छैन । गएको १४ गते कोशी प्रदेशबाट मनसुन भित्रिएको हो ।

मनसुन भित्रिएसँगै ठूलो पानी परे पनि त्यसपछि पानी नपर्दा तापक्रम बढीरहेको छ । यो हप्ताभित्र मनसुन देशभर फैलिन सक्ने मौसमविद् दाहालले बताए । अर्का मौसमविद् विनोद पोख्रेलका अनुसार पर्सि बुधवारदेखि केही ठाउँमा हल्का पानी पर्ने र बिहीवारदेखि उल्लेख्य वर्षाको सम्भावना छ । पर्सि बुधवारदेखि तापक्रम घट्दै जाने र वर्षा बढ्दै जाने उहाँको भनाइ छ । अहिले देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका धेरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । अहिले वीरगंजको तापक्रम ३८ देखि ३९ डिग्री सम्म पारा माथि उक्लिरहेको मौसम प्राविधिकहरुले बताएका छन् ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै ठाउँहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँ हिमपातको पनि सम्भावना छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads