search

सखुवाप्रसौनीको जमुनीमा अवैध उत्खनन,नियामक निकायको मौनता

पढ्न छुटाउनुभयो ?

वीरगंज,२६जेठ ।
पर्सा,सखुवाप्रसौनी गाउँपालिका–१ स्थित जमुनिया खोलाबाट अवैध रुपमा गिट्टी र बालुवा उत्खनन् गरी लैजाँदै गरेका दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान जमुनिया खोलाबाट गिट्टी र बालुवा लोड गरी अनधिकृत रूपमा निकासी गर्ने क्रममा ती ट्याक्टरहरूलाई प्रहरीले समातेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, गिट्टी लोड गरिएको प्रदेश २–०३–००१ त १५७ नम्बरको ट्याक्टर र बालुवा लोड गरिएको प्रदेश २–०३–००१ च १२९२ नम्बरको ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नियन्त्रणमा लिएको हो । हाल दुवै ट्याक्टर ईलाका प्रहरी कार्यालयको परिसरमा राखिएको छ भने, घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ । साथै यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी पनि दिएको छ।

प्राकृतिक स्रोत साधनको अवैध उत्खनन् नियन्त्रण गर्न प्रहरीले देखाएको सक्रियतालाई स्थानीयवासीहरूले सकारात्मक रूपमा लिएका छन्। स्थानीयले प्रहरी प्रशासनप्रति आभार व्यक्त गर्दै यस्ता अनियमित क्रियाकलापमाथि कडाइ गर्न आग्रह गरेका छन् ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads