search

spot_img
spot_img

मधेश प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत पारित भएको छ।

मंगलबार बसेको प्रदेशसभा बैठकले ध्वनि मतबाट नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमार्फत प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव मुख्यमन्त्री सतिशकुमार सिंहले बैठकमा पेस गरेका थिए।

नीति तथा कार्यक्रममाथि दुई दिनसम्म छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ मुख्यमन्त्री सिंहले मंगलबार बैठकमै दिएका थिए।

प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ प्रस्ताव पेस गर्दा विपक्षमा कसैले पनि मत नदिएपछि नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका हुन्।

यसअघि चार जना सांसदले नीति तथा कार्यक्रममा संशोधनको लागि प्रस्ताव दर्ता गराएका थिए। सभामुख मण्डलले ती प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। ती संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads