search

spot_img
spot_img

मधेसको शैक्षिक अवस्था दिनप्रतिदिन खस्किँदै

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री तथा राजर्षि जनक विश्वविद्यालयका सहकुलपति सतिशकुमार सिंहले मधेसको शैक्षिक अवस्था दिनप्रतिदिन खस्किँदै गएको उल्लेख गर्दै तीनै तहका सरकारबीच समन्वयमार्फत गुणस्तरीय शिक्षाको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

जनकपुरधाममा आज आयोजित विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले विभिन्न अध्ययन र तथ्यांकहरूले मधेस प्रदेशको शैक्षिक अवस्था कमजोर देखाएको बताए। उनले संघीय सरकारले अन्य विश्वविद्यालयलाई जस्तै मधेस सरकारले स्थापना गरेको विश्वविद्यालयलाई पनि समान रूपमा आर्थिक सहयोग गर्नुपर्ने धारणा राखे।

“मधेस प्रदेशको शैक्षिक अवस्था सुधार्न संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक छ,” उनले भने, “संघीय सरकारको सहयोगबिना प्रदेश सरकारले मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैन।”

मुख्यमन्त्री सिंहले विश्वविद्यालयले प्रदेशमै उच्च शिक्षाको पहुँच विस्तार गर्दै स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्न सक्ने विश्वास व्यक्त गरे। उनले शैक्षिक सुधारका लागि नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिनुपर्नेमा जोड दिए।

समारोहमा उपाधि प्राप्त गरेका विद्यार्थीहरूलाई बधाई दिंदै उनले उज्ज्वल भविष्यको शुभकामना दिए।

राजर्षि जनक विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो। स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहका विद्यार्थीहरूलाई औपचारिक रूपमा उपाधि प्रदान गरिएको थियो। समारोहमा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads