वीरगंज ३ असार । लायन्स क्लब अफ संस्कृति गोल्डले वीरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । क्लबकी अध्यक्ष रितिका जैसवालले १० झोला कपडा वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरिन । कार्यक्रममा संस्कृति गोल्डका सदस्य नितु गुप्ता, वीरगंज कपडा बैंकका सचिव कन्हैया पटेल, सदस्यद्वय निला राम, नवराज भट्टराई एवं कर्मचारी शोभा देवीलगायतको सहभागीता रहेको थियो ।
Facebook Comments Box