search

एक किलो अफिमसहित चारजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असार । जिल्ला प्रहरी कार्यालय पर्साले एक किलो लागु औषध अफिमसहित चारजनालाई पक्राउ गरेको जनाएको छ । बुधवार दिउँसो १ः३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं.१० रजतजयन्ती चोकमा वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा ना.४६ प २५४० र ना.४० प ६४६९ नम्बरको मोटरसाइकलमा सवार चारजनालाई लागूऔषध अफिमसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला पटेर्वासुगौली गाउँपालिका वडा नं.५ बस्ने वर्ष ३५ को रामेश्वर राउत, सोही ठाउँ वडा नं. १ बस्ने वर्ष ४० को बिनोद गिरी, वडा नं.५ बस्ने वर्ष ३३ को प्रदिप चौधरी र वर्ष २८ को सुनिल कुमार श्रीवास्तव रहेको प्रहरीले जनाएको छ । गिरीले मोटरसाइकलको बीच भागमा हातले समाइ राखेको बोरा खानतलासी गर्दा अफिम जस्तो देखिने पदार्थ १ के.जी. बरामद भएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका चारैजना विरूद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads