search

भारतीय युवकको हत्या

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम २८ वैशाख । सर्लाहीमा एक जना भारतीय युवकको हत्या भएको छ ।
सर्लाहीको हरिपुर्वा नगरपालिका-१ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा-९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो ।
बुधबार साँझ करिब ६ बजे झाडीमा टाउको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।युवकको टाउको र शरीर २०/२५ मिटरको दूरीमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलास राईले जानकारी दए ।
घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी राईले बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads