search

spot_img
spot_img

पर्सामा सशस्त्र प्रहरीले २५०० प्रतिबन्धित ब्रोइलर चल्ला नष्ट

पढ्न छुटाउनुभयो ?

पर्सा, असार ८ गते ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइएको २५ काटुन (करीब २५०० गोटा) प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ।

धोबीनी गाउँपालिका–१, घोडदौडाबाट ल्याइएका ती चल्ला भारतको नम्बर प्लेट भएको एक मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

चल्ला बरामद गरेपछि सशस्त्र प्रहरी बल नं.१३ गण परिसरमा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेनटाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा ती चल्लाहरू नष्ट गरिएको हो।

सो अवैध पैठारी कार्यमा संलग्न पर्साको जगरनाथपुर गाउँपालिका–२ का अन्दाजी ५० वर्षीय साबिर अंसारीलाई पक्राउ गरिनुका साथै प्रयोग गरिएको मोटरसाइकलसहित वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads