search

spot_img
spot_img

रानीघाट मन्दिरको जग्गा बारे पत्रकार सम्मेलन

पढ्न छुटाउनुभयो ?

परवानीपुर,१७ असार ।
वीरगंज–११ रानीघाटस्थित श्रीरामजानकी मठमन्दिरको जग्गा हिनामिना भएको सम्बन्धमा आज पत्रकार सम्मेलन सम्पन्न भएको छ । मन्दिर परिसरमा विहान ९ बजे अयोजित पत्रकार सम्मेलनमा स्थानीय रन्जन सिंहले मन्दिरको करिब ५ कठा १० धुर जग्गा विभिन्न व्यक्तिहरुले किर्ते र जबरजस्ती आफनो बनाउन प्रयासरत रहेको भन्दै आफुहरु त्यस गलत कामको विरुद्धमा लागेको बताएका छन् ।

वीरगंज–११ श्रीपुर बि को किनंम ३७ को साढे ५ कठा र ३५ को करिब ३ धुर जग्गामा बदमासी भएको स्थानीयहरुले आोप लगाएका छन् । साढे ५ कठा जग्गामा अदालती प्रकृयामा रहेकोले त्यसको सुनुवाई चाडै गर्नु पर्ने न्यायलय समक्ष माग गरेका छन् । सोही मुद्दाका सम्बन्धमा करिब ८ जना प्रतिबादीबनाएर मुद्दा दर्ता गराएकोमा एक जना वीरेन्द्र रौनियारलाई प्रहरीले सोमवार पक्राउ गरी हाजिर जमानी रिहा गरेको छ । उक्त जग्गाको श्रेष्तामा किर्ते गरी स्थानीयहरुले मन्दिरको जग्गा घटाई र आफनो जग्गा बढाएर पूर्जा बनाउन सफल भएका थिए ।

त्यसैको विरुद्धमा उच्च अदालतबाट परमादेश पनि जारी भएको छ र मुद्दा विचाराधीन छ । साथै,३५ किनंमको करिब ३ धुर जग्गा एक जना कब्जा गरेको सम्बन्धमा वीरगंज महानगरमाम उजुरी गरेकोले महानगरले सो जग्गा खाली गराउन समेत उनीहरुले माग अघि सारेका छन् । यस विषयमा पर्साका प्रहरी उपरीक्षक गौत्तम मिश्राले सुक्षम किसिमले अनुसन्धन भइरहेको बताए । पक्राउ परेका व्यक्ति जग्गा किर्ते हुदाँको बखतमा जम्मा ४ वर्षका थिए,त्यसैले सरकारी वकिलको रायमा हाजिर जमानीमा रिहा गरिएको र अन्य फरार प्रतिबादीलाई खोजतलास गरी मुद्दा अघि बढाइएको बताए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

कन्या माविमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम

वीरगंज, १९ असार । आमा नेपाल फाउन्डेसन पर्साले कन्या माविमा लागुऔषध दुर्वयसन तथा ओसारपसार विरूद्ध सचेतनामूलक कार्यक्रमको सम्पन्न गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads