search

जगदम्बा स्टील्सको भट्टी पड्किदा एकजना घाइते, स्थानीयमा त्रास

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ असार । बारा जिल्लाको सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा बुधवार राति फलाम पगाल्ने भट्टी पड्किंदा एकजना घाइते भएका छन् भने स्थानीयमा त्रास फैलिएको छ ।

सो उद्योगको कबाडको सामान पगाल्ने एसएमएस प्लान्टको भट्टी पड्किदा एक मजदुर घाइते भएका छन् । घाइते हुनेमा भारत बिहार, सीतामढीका ३५ वर्षीय अजय बैठा रहेका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भट्टीले जानकारी दिए ।

जगदम्बा स्टिलको फलाम भट्टी विष्फोट पटक–पटक हुने गरेको स्थानीयले जनाएका छन् । भट्टी पडकिंदा उद्योग वरपर रहेका बस्तीका घरहरू हल्लिने, स्थानीयहरु त्रसित हुने गरेकोले यसप्रकारको घटना न्यूनिकरणको लागि उद्योग प्रशासनसंग माग गरेका छन् । भट्टी पड्किएको कारणले स्थानीयहरुले असुरक्षित महसुस गरेको भन्दै स्थानीय प्रतिनिधिसंग आग्रह गरेका छन् ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads