search

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।
खानेपानी संस्थानबाट सेवा नपुगेका ठाउँहरूमा बोरिङ र अस्थायी ट्याङ्की जडान गरी पानी पुर्याउने काम तीव्र पारिएको हो ।
भू–जल सतह घटेपछि चापाकलहरू सुकेको छ जसले गर्दा नगरवासीको दैनिक जीवनमा गम्भीर असर परेको छ । चापाकलबाट पानी खाना पकाउने, सरसफाइ, पशुपालन जस्ता आधारभूत कामसमेत प्रभावित भएका छन् ।
पानी अभाव झेलिरहेका वडाहरूमा दैनिक तालिकाअनुसार वितरण व्यवस्था गरिएको छ । महानगर प्रमुख राजेशमान सिंहले पानीको चरम संकटलाई प्राकृतिक आपत्तिको रूपमा व्याख्या गर्दै सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो सामान्य संकट होइन, गम्भीर प्राकृतिक अवस्था हो । तत्काल राहतसँगै दीर्घकालीन समाधानमा पनि हामी क्रियाशील छौं भन्नुभयो ।
महानगरले खानेपानी संस्थानसँग समन्वय गरी केही सार्वजनिक स्थानमा अस्थायी धारा र ट्याङ्की जडान गरेको छ । सीमित स्रोतबीच पनि ३२ वटै वडामा पानी पुगोस् भन्ने लक्ष्यसहित वितरण तालिका लागू गरिएको छ । महानगरको तर्फबाट सबै वडामा समान रूपमा पानी आपूर्ति गर्न निर्देशन दिएको छ ।
महानगरले पानी संकटको समाधानलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ । महानगरले आवश्यक परे डिप बोरिङ, पम्पिङ प्रणाली र भू–जल व्यवस्थापनका दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्ने बताएको छ ।
Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads