search

बागमती नदीमा बाढीले बगाउँदा एक बालक बेपत्ता, एकको उद्धार

पढ्न छुटाउनुभयो ?

रौतहट, २६ असार । रौतहट जिल्लाको माधवनारायण नगरपालिका–८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन् भने अर्का बालकको सकुशल उद्धार गरिएको छ । बुधवार घर नजिकै बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका स्थानीय १३ वर्षीय सुधीर पासवान बगेर बेपत्ता भएका छन् । सुधीरसँगै दाउरा टिप्न गएका अर्का बालक १३ वर्षीय शिवजी पासवानलाई भने स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिए । दुवै बालक दाउरा टिप्न गएको बेला अचानक अएको बाढीको वेगमा फसेका थिए । एकजना बेपत्ता भए पछि स्थानीयले तत्कालै सशस्त्र प्रहरी बोलाउँदा उद्धार गरिएको थियो । बेपत्ता बालक सुधीरको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads