search

spot_img
spot_img

१२ महिला सहित ४१ जनाले गरे रक्तदान

पढ्न छुटाउनुभयो ?

वीरगन्ज  २७ असार। साउथ सिटि हस्पिटल वीरगन्ज द्वारा वीरगन्ज १५ अवस्थित द हिमाल नर्सिङ्ग इन्स्टिच्युटको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १२ महिला सहित ४१ जनाले रक्तदान गरेका छन ।

रक्तदान गर्नेमा अन्जली यादव, बिनिता श्रेष्ठ ,सोफिया मल्ल,रितिका यादव,मिना पाण्डे ,अन्जनी यादव,प्रनिशा न्योपाने ,प्रीयान्शु यादव, दिलमाया प्रजा,लालबाबु चौधरी,जितेन्द्र कुमार यादव,साहिल अन्सारी ,रामबाबु मुखिया,मो. नुरबाबु हास्मी लगायतले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका थिए ।

सो कार्यक्रममा हस्पिटलका एडमिनिस्ट्रेशन हेड लालबाबु चौधरिले रक्तदान महादान जिवनदान भएकोले हस्पिटलले प्रत्येक वर्ष २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गर्दछ र अहिले बढदो गर्मीले गर्दा रक्तसञ्चार केन्द्र वीरगन्जमा रगतको अभाव भएको थाहा पाएर आजको कार्यक्रमको आयोजना गरिएको बताउदै छोटो समयमा आयोजना गरिएको कार्यक्रमको निमन्त्रणामा आएर आफ्नो अमुल्य रगत दान गर्ने सम्पुर्ण रक्तदाताहरुलाइ हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

सो अवसरमा रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डेले बिगत २ महिना देखि बढदो गर्मी सङै रक्तदान गर्ने हरुको कमि आएकोले वीरगन्जमा उपचार गराउन आउने बिरामिहरुलाइ निकै समस्या आएकोले हामिले धेरै पटक सार्वजनिक अपिल जारी गर्दै सबैलाइ रक्तदान गर्न गराउन हातेमालो गर्न अहोरात्र खटिरहेका छौ र धेरै मनकारी ब्यक्ति संघ संस्थाहरुले हाम्रो आग्रहलाइ सुनेर मानेर स्वतस्फूर्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरि रगतको अभाव केही भए पनि पुर्ती गर्ने महान कार्य गरिरहेकोमा उहाहरु र रक्तदाताहरु प्रती हार्दिक आभार व्यक्त गर्दै अहिले पनि दिन्हु माग थेग्न नसकिएको अवस्था भएकोले सम्पुर्णलाई रक्तदान गर्न गराउन हार्दिक आग्रह गरेका थिए ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साका सदस्य दया शंकर सिंह , रेषमकोठी उपशाखाका सचिव एवं वीरगन्ज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह ,रेशमकोठी उपशाखाका सहकोषाध्यक्ष सन्चारकर्मी अभिलाश गुप्ता,सन्चारकर्मिहरु राज सराफ,राम आर्य,अर्जुन गुप्ता , प्रहलाद चौरसिया लगायत हस्पिटलका पदाधिकारी ,शिक्षक ,विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल रक्त संचार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा प्राबिधिकहरु जितेन्द्र कुश्वाहा, नितेश यादव लगायतका स्वयंसेवकहरुले रक्तादानमा सघाएका थिए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

संविधान अग्रगामी भए पनि कार्यान्वयन पक्ष फितलो

वीरगंज, २८ असार/ नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सरोकारवाला निकायले...

सम्बन्धित खबर

- Advertisement -neelambads