search

spot_img
spot_img

सशस्त्र प्रहरीद्वारा साढे ९ लाख मूल्यको सामान भन्सार दाखिला

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ असार । सशस्त्र प्रहरी बल पर्साले ९ लाख ४७ हजार मूल्य बराबरको सामान भन्सार दाखिला गरेको जनाएको छ । आज सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु.गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगंज–१० आदर्शनगरमा रहेको बिकेसी ईम्पेक्समा भारतबाट अवैध रूपमा भन्सार छली ल्याई भण्डारण गरी राखेको रू. ६ लाख ५९,७०० मूल्य बराबरको तयारी कपडा बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । साथै सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पी. सिर्सियाबाट खटिएको टोलीले वीरगंज म.न.पा. १० आर्दशनगर र छप्कैयाबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याउँदै गरेको रू. २ लाख ७९,१०५।– बराबरको कपडा र किराना सामानहरू बरामद गरी आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी गराएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंजमा शिक्षक क्षमता अभिवृद्धिको लागि सम्मेलन

वीरगंज,२८ असार । काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशनको आयोजनामा वीरगंजमा एक दिने शिक्षक सम्मेलन सम्पन्न भएको छ । क्लार्क रिसोर्टमा...

सम्बन्धित खबर

- Advertisement -neelambads