वीरगंज, २८ असार/
नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सरोकारवाला निकायले संविधानको अक्षरसः पालना भएको खण्डमा जनताको अधिकारलाई सुरक्षित र सुनिश्चितत गर्ने खालको भएको बताएका छन् ।
शनिवार मकालु होटल वीरगंजमा आयोजित कार्यक्रममा सहभागीहरुले नेपालको संविधान अग्रगामी खालको भएपनि कार्यान्वयन पक्ष फितलो भएको बताए ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपालको संविधान अग्रगामी र जनताका अधिकारलाई सुरक्षित गर्ने खालको भएपनि कार्यान्वयन पक्षभने अपेक्षाकृत रूपमा जनतामैत्री नभएको गुनासो गरे । उनले् भने, संविधानलाई कार्यान्वयन गर्ने निकायले भने अपेक्षाकृत ढंगले कार्य सम्पादन गर्न नसक्दा जनतामा केहीहदसम्म नैराश्यता छाउने काम गरेको छ ।
बरिष्ठ अधिवक्ता त्रिपाठीले संविधानमा निश्शुल्क शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रूपमा प्रदत्त गरिएतापनि यी दुवै क्षेत्रमा सबैभन्दा धेरी व्यापारीकरण भएको आरोप लगाए । प्रा.डा.गोविन्द प्रसाद ढकालले नेपालमा विधिको शासन र सुशासन कायम गर्न सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने सुझाव दिए । ‘मानव अधिकार रक्षाको लागि सबैले हातेमालो गरेर अघि बढ्न जरूरी छ,’ उनले भने,‘मानव अधिकारका अन्तरराष्ट्रिय मूल्य मान्यतालाई पालना गर्दै अघि बढ्न जरूरी भइसकेको छ ।’
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मानवअधिकारको उल्लघंन राज्यपक्षबाट मात्रै नभएर गैरराज्यपक्षबाट पनि हुँदै आइरहेको बताए । ‘मानव सुरक्षा निकाय र प्रशासनको तर्पmबाट मात्रै नभएर विभिन्न समूह वा व्यक्तिबाट पनि मानवअधिकार उल्लघंनका गतिविधि भइरहेका छनरु’ उनले भने,‘मानव अधिकार भूईतहका मान्छेले भन्दा समाजका अन्य टाठाबाठाकाले बढी उपयोग गर्दै आइरहेको देखिन्छ ।’
नेपाल वार एसोसिएसन पर्सा जिल्लाका निर्वतमान अध्यक्ष कमलमोहन पोखरेलले सुशासन र विधिको शासन कमजोर हुँदा मानव अधिकार उल्लंघनका गतिविधिमा पनि वृद्धि भइरहेको बताए ।