search

spot_img
spot_img

आगलागीमा एकै परिवारका चारजना घाइते

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

बारा, १ जेठ । आदर्शकोतवाल गाउँपालिका–१ च्यूटाहामा एकजनाको घरमा आइतवार राति आगलागी हुँदा परिवारका चार जना जलेर घाइते भएका छन । घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी श्रीमती ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोरा छोटु र तीन वर्षीय छोरा सन्दीप जलेर घाइते भएका हुन् । उनीहरूको नारायणी अस्पताल, वीरगंजमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरूषोत्तम पाण्डेले घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भीर रहेको बताए । सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनीहरूलाई अस्पताल लगेका थिए। आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरमा आगलागी हुँदा सम्पूर्ण सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत घाइते भएका छन। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पाण्डेका अनुसार आगलागीबाट ४ लाख १० हजार बराबरको क्षति भएको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads