search

spot_img
spot_img

सामाजिक सञ्जालमार्फत निर्दोष केटीहरुलाई फसाउने गिरोहको पर्दाफास

पढ्न छुटाउनुभयो ?

वीरगंज ३ श्रावण । मानव बेचबिखन गिरोहबाट एक १७ वर्षीया नाबालिग छात्राको सुरक्षित रूपमा उद्धार गरिएको छ । सामाजिक सञ्जाल मार्फत निर्दाेष केटीहरूलाई फसाउने विशेषज्ञले बालिका, युवतीहरुलाई विभिन्न किसिमको मानसिक तथा अन्य प्रलोभनमा पारेर फसाउने गरेको भारतीय प्रहरीले जनाएको छ ।
यस्ता बालिकाहरुलाई फसाएर भारत, मुम्बईस्थित महानगरमा ल्याएर वेश्यावृत्तिलगायतको कार्यमा लगाउने प्रहरीले दावी छ ।
२१ जुनका दिन बालिका हराएपछि भारत, बिहारको औरंगाबादका एक चिन्तित पिताले डेपुटी कमान्डेन्ट सतीश गुप्तालाई जानकारी गराएका थिए । उनले इन्स्पेक्टर मनोज कुमार शर्मालाई जानकारी दिंदै विज्ञानकी इन्टरमिडिएट छात्रा हराउनुको कारण पत्ता लगाउन निर्देशन दिए ।
बालिकाको मोबाइल खोज्दा शंकास्पद व्यक्तिको मोबाइल नम्बर फेला परेपछि इन्स्पेक्टर मनोज कुमार शर्माले सो नम्बरको कल डिटेल र स्थानको अनुसन्धान गर्ने क्रममा सो नम्बर मोहम्मद काजल मेहबूब मुल्ला (भारतको महाराष्ट्र, भडगाउँ) को नाममा दर्ता भएको पत्ता लाग्यो । थप अनुसन्धानमा मोहम्मद आर. अरमान शेख (निवासी – नासिक, महाराष्ट्र) को नाम पनि पत्ता लाग्यो । यिनीहरु सामाजिक सञ्जाल मार्फत निर्दाेष केटीहरूलाई फसाउने विशेषज्ञ हुन् । भारत प्रहरीले संयुक्त अपरेशन “मिसन निर्भया” को योजना बनाउँदै राष्ट्रिय मानव अधिकार आयोग (नयाँ दिल्ली) का सदस्य प्रियांक कानुनगो, मिसन मुक्ति फाउन्डेसनका निर्देशक वीरेन्द्र कुमार सिंह, प्रहरी निरीक्षक वैशाली गोर्डे देवघ्रे (एसएस शाखा, ठाणे आयुक्तालय, मुम्बई), त्रिवेणी आचार्य (रेस्क्यू फाउन्डेसन) र अपराध शाखा मुम्बईको टोलीले निरन्तर निगरानी र साइबर विश्लेषण पछि नवी मुम्बईको एउटा लुकेको ठाउँमा बालिकाको स्थान पत्ता लगाएको थियो । १८ जुलाईका दिन बिहान लगभग ३ बजे बालिकालाई मानव तस्करहरूको पञ्जाबाट सफलतापूर्वक उद्धार गरी महिला संरक्षण गृह मुम्बईमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।
बालिकालाई लिन बिहार प्रहरी, विशेष गरी नगर थाना, औरंगाबाद परिवारका सदस्यहरू सहित नवी मुम्बई प्रस्थान गरेको छ । यस घटनाबाट केटीहरूलाई पहिले सामाजिक सञ्जाल मार्फत मानसिक रूपमा प्रभावित गर्ने र त्यसपछि उनीहरूलाई प्रलोभनमा पारेर महानगरीय शहरहरूमा बोलाइन्छ, जहाँ उनीहरूलाई मानव बेचबिखन वा अन्य अनैतिक कार्य गर्न लगाइन्छ ।
गिरोहको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते

सिरहा, ४ साउनः सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् । कारागारभित्र...

सम्बन्धित खबर

- Advertisement -neelambads