रक्तसञ्चार केन्द्रलाई एसी हस्तान्तरण

1200x150_1200x150-01.jpg (1)
वीरगंज, ३ साउन । रूङ्गटा वेल्फेयर सोसाइटीले नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा वीरगंजलाई शनिवार एसी हस्तान्तरण गरेको छ। सोसाइटीका संस्थापक मुर्लीधर रूङ्गटा, नारायण रूङ्गटालगायतले नेपाल रेडक्रस सोसाइटी, वीरगंजका अध्यक्ष बृज किशोर पटेललाई एसी हस्तान्तरण गरेका हुन् । , समाजसेवी मुर्लीधर रूङ्गटाले समाजसेवामा निरन्तर सक्रिय रहँदै स्वास्थ्य सेवामा सुधारका लागि सहकार्य गर्न सोसाइटी सधैं तत्पर रहने बताए । एसी जडान भएपछि गर्मीयाममा रक्तदान गर्न आउने दाताहरूलाई सहज हुने नेपाल रेडक्रस सोसाइटी वीरगंजका अध्यक्ष पटेलले बताए । कार्यक्रममा वीरगंज महानगरपालिका–३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारलगायतको सहभागिता थियो ।

भर्खरै

सम्बन्धित पोस्टहरुः