search

spot_img
spot_img

मुख्यमन्त्रीले समेत सुधार्न नसकेको वीरगंजको जगरनाथपुर ढाट

पटके र कबाडी करको नाममा ब्रहमलुट, प्रहरीको गाडी पुग्ने बितिकै भागाभाग

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, वीरगंज,३ साउन ।
सवारी कर संकलनमा अनियमितता गर्ने ढाटको रुपमा पछिल्लो समय वीरगंजको जगरनाथपुर ढाट चर्चामा छ । केही दिनअघि मधेशप्रदेशका स्वयम मुख्यमन्त्री सतीशकुमार सिंहले स्थलगत अनुगमन गरी उक्त ठाउँमा पुगेका थिए । त्यस बेला विभिन्न ढाटको अनुगमन गरी केही ठेकेदार पक्षका व्यक्तिलाई कारवाही समेत गर्न निर्देशन दिए । अन्तमा जिल्ला प्रहरी कार्यालयले उनीहरु विरुद्ध अभद्र व्यवहार मुद्दा पनि दर्ता गरी अनुसन्धान अघि बढायो ।

तर पनि वीरगंज महानगरको विभिन्न नाकामा राखिएको कर उठाउने ढाट व्यस्थित हुन सकेको छैन । र नियमसंगत चल्न नसक्दा चालक र व्यवसायीलाई सास्ती खेप्नु परेको अवस्था विद्यमान रहेको गनासो छ । वीरगंज महानगरको पद्यमरोडस्ति आईसिपी चोक,बहुअरी चोक,जगरनाथपुर,श्रीपुर,नृसिंह माविलगायत ठाउँमा यस्तो कर संकलन गर्ने ढाट रहेतापनि वीरगंज–२२ जगरनाथपुर गण्डक नहर चोकको ढाट हरदम विवादमा तानिदै आएको छ । कबाडी करमा मनपरी शुल्क असुल्ने कारणले यो ढाट दिनभर आसन्त हुनेगरेको बताइन् । साथै,ढाटमा स्थानीय जगरनाथपुरकै केही व्यक्तिहरुको हालीमुहाली छ । सवारी साधनसंग गैरकानुनी कर असुल्ने गरेको समेत चालकहरुको आरोप छ ।

ढाटमा खटेका कर्मचारीहरुले भनेको अनुसारको पैसा नदिदाँ नेपाली भारतीय सबै चालकलाई हातपात गर्ने,धम्क्याउने र गुन्डागर्दी शैलीमा जबरजस्ती अबैध कर लिने गरेको भारतीय चालकहरुको समुह बताउँछ । सिजी समुहले भारतबाट एलजी ब्राँन्डको सात वटा कन्टेनरको गाडीलाई शनिवार करकै दरमा विवाद हुदाँ करिब ६ घण्टा रोकियो । सिजि समुहको वीरगंजस्थित यातायात प्रतिनिधि अजय पटेलका अनुसार यस विषयमा वीरगंज महानगर गम्भीर बन्नु पर्ने औल्याए । ‘एक त रसिदमा नेरुको सटा भारु लिइन्छ,यस विषयमा हामी महानगरका नगरप्रमुखसंग यस्तो गतिविधि रोक्न पहलकदमी लिनु पर्ने अपिल गछौं,अर्कोतर्फ पटके सवारी करमा पनि मनलाग्दी रकम लिने गरेको छ,खाली गाडीको समेत कर तिर्नू पर्छ,’उनले आरोप लगाउँदै भने,‘कबाडी करमा जुन पनि भारतीय गाडीसंग यो कर असुलिन्छ,त्यसमा कबाडी वस्तु होस वा नहोस अथवा खाली खाली किन नहोस ।’ यो सरासर लुटतन्त्र भएको अर्का भन्सार एजेन्ट प्रतिनिधि भीम यादवले बताए । उनले यसमा जिल्ला प्रशासन कार्यालय पर्सा,जिल्ला प्रहरी कार्यालय पर्सा ,वीरगंज महानगर र अन्य सरोकारवाला निकायको गम्भीर बनेर दोषीलाई कानुनको दायरमा ल्याउनु पर्ने माग गरे ।

स्थानीय तहको करको मारमा नेपालीसंगै भारतीय व्यवसयाी पनि परिररहेकोले राष्ट्रिय राजमार्ग क्षेत्रमा यस्तो अबैधानिक कर असुली रोक्नु पर्ने उनको माग छ । वीरगंज महानगरमा गत आव २०८१÷०८२ को लागि नोभा ट्रेडिङ वीरगंज–११ पर्साले पटके सवारी करको लागि ठेक्का लिएको थियो भने कबाडी करको ठेक्का दीपकुमार बर्मा वीरगंज–११ ले लिएको थियो । चालू आव २०८२÷०८३ को लागि ठेक्का लगाउने काम भइरहेको छ । तबसम्म सोही कम्पनीहरुले अमानतामा एक महिना कर असुली गरिरहेको बुझिएको छ । यस विषयमा जगरनाथपुर ढाटका कर्मचारी अशोक यादवसंग कुराकानी गर्दा स्थानीय सरकारले ठेक्का लगाएकोले आफुहरुले कर संकलन गरिरहेको स्वीकार गरे । उनले नेरुको ठाउँमा भारु लिने गरेको र भारतीय चालकलाई जबरजस्ती बढि पैसा नदिए कुटपिट गर्ने गरेको आरोपमा सत्यता नभएको दावी गरे । साथै,आफुहरु गाडीलाई रोक्नलाई र रसिद कटाउ कराउने गरेको र गाडीलाई ईशारा दिने गरेको बताए । साथै,उनले रसिदमा पुरा विवरण किन नभरी रसिद काटेको सवालमा कर्मचारीहरु कम पढेलेखेकोले त्यो समस्य आएको बताए ।

पटकेको शुल्क प्रति गाडी प्रतिदिन एक पटक नेरु २२६ को रसिद काटनु पर्ने,अर्को तर्फ कबाडी करमा कानुन बमोजिम कर लिनु तर रसिद छपाई खाली हुन्छ,त्यसमा कर्मचारीले मनलाग्दी रकम भरेर असुल्ने गरेको चालकको आरोप छ । शनिबार विवाद भएपछि प्रहरीले यस विषयमा जानकारी गराउँदा प्रहरीको टोली परिचालित भयो । जगरनाथपुर ढाटबाट एक जनालाई पर्सा प्रहरीले उठाएर हिरासतमा राखेको पर्साका प्रहरी उपरीक्षक गौत्तम मिश्रले जानकारी गराए । प्रहरीको गाडी देखेर भागाभाग भएको र अन्य कर्मचारी भागेको उनले बताए ।उनले गैरकानुनी कर असुलीलाई रोक्न आफु गम्भीर रहेको र यस बारेमा कडा कारवाही अघि बढाउने आश्वासन दिए ।

Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

रक्तसञ्चार केन्द्रलाई एसी हस्तान्तरण

वीरगंज, ३ साउन । रूङ्गटा वेल्फेयर सोसाइटीले नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा वीरगंजलाई शनिवार एसी हस्तान्तरण गरेको छ। सोसाइटीका...

सम्बन्धित खबर

- Advertisement -neelambads