search

लुटपाट गर्ने दुई जना पक्राउ, नगद र हतियार बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० साउन । भारतको सीमावर्ती शहर रामगढवामा लुटपाट गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । शुक्रवार बेलुका रामगढवास्थित एसबीआई बैंक शाखाबाट भारु ५ लाख ३५ हजार निकालेर घर फर्कदै गरेका सुनील कुमारलाई मुशहरी गाउँ नजिकै घात लगाइ बसेका अपराधीहरूले हतियार देखाई पैसा लुटेका थिए । लुटपाटपछि भागिरहेका अपराधीहरूलाई स्थानीयले उखु बालीको खेतमा घेरा हालेका थिए । उनीहरुले त्रास फैलाउन फायरिङ समेत गरेका थिए। करिब एक घण्टा प्रयासपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको रक्सौलका डीएसपी मनीष आनन्दले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ । पत्रकार सम्मेलनमा पक्राउ परेका दुवैजनासँगै लुटेको सम्पूर्ण रकम र प्रयोग गरिएको हतियार बरामद गरिएको जानकारी दिनुभयो। उहाँले पक्राउ परेका व्यक्तिहरूको आपराधिक इतिहास रहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान भइरहेको पनि जानकारी गराउनुभएको छ ।
Facebook Comments Box

ताजा खबर

पोखरीमा १२ वर्षीय बालकको शव भेटियो

वीरगंज, २१ कात्तिक । पर्सा जिल्लामा पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ। वीरगंज महानगरपालिका वडा नं २८ सिधुवाटोलस्थित छठिघाट...

सम्बन्धित खबर

- Advertisement -neelambads